Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक
अ+ अ-

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित क्षेत्रमा अनुमति नलिई अनधिकृत रूपमा ड्रोन नउडाउन आग्रह गरेको छ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोट लगायतका जिल्लामा स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई ड्रोन उडाएको पाइएकाले त्यसमा रोक लगाइएको जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, गृह मन्त्रालय र निजी क्षेत्रका हेलिकप्टरहरू खोज तथा उद्धारका लागि पूर्ण क्षमतामा निरन्तर परिचालन भइरहेकाले अनधिकृत ड्रोन उडानले हवाई सुरक्षामा गम्भीर जोखिम सिर्जना गरेको प्राधिकरणको भनाइ छ।

“मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५” बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन सकिने सूचनामा उल्लेख छ।

अनुमति नलिई ड्रोन उडाएमा वा उद्धार कार्यमा बाधा पुर्‍याएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी उपसचिव राम बहादुर के.सी. द्वारा जारी सूचनामा दिइएको छ।

2