Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

महापहिरो खस्नुअघि महिनौँदेखि जमिन सर्दै!

महापहिरो खस्नुअघि महिनौँदेखि जमिन सर्दै!
A A+ A-

काठमाडौँ। भोटेकोसी क्षेत्रमा अगस्ट २६ मा महापहिरो खस्नुअघि नै त्यहाँको जमिन महिनौँदेखि बिस्तारै सर्दै गएको प्रारम्भिक भूउपग्रह विश्लेषणले देखाएको छ।

भर्जिनिया टेकका प्राध्यापक मनुचेहर शिरजाईले गरेको प्रारम्भिक विश्लेषणअनुसार, सन् २०२६ जनवरी ८ देखि अगस्ट १९ सम्मका सेन्टिनेल–१ भूउपग्रहका राडार अवलोकनमा उक्त क्षेत्रमा जमिन प्रतिमहिना करिब १० मिलिमिटरका दरले तलतिर सर्दै गएको देखिएको हो।

विश्लेषणले महापहिरो खस्नुभन्दा कम्तीमा सात दिनअघिसम्म पनि उक्त क्षेत्रमा महिनौँदेखि निरन्तर भू–विकृति (deformation) भइरहेको संकेत गरेको छ।

लामो समयसम्म जमिनमा भइरहेको यस्तो क्रमिक परिवर्तनले ढलान अस्थिर बन्दै गएको र अन्ततः त्यसको कुनै भाग छुट्टिएर पहिरो खसेको हुन सक्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ। यद्यपि, यसलाई पुष्टि गर्न थप वैज्ञानिक अध्ययन र स्थलगत प्रमाण आवश्यक छ।

राडार भूउपग्रहको विशेषता भनेको बादलका कारण यसको अवलोकन प्रभावित नहुनु हो। मनसुनका बेला नेपालका अधिकांश पहाडी तथा हिमाली क्षेत्र बादलले ढाकिने भएकाले सामान्य अप्टिकल भूउपग्रहबाट जमिनको सतहमा भइरहेको सूक्ष्म परिवर्तन नियमित रूपमा अवलोकन गर्न कठिन हुन्छ। राडार प्रविधिले भने बादल छिचोल्दै सतहमा भइरहेको परिवर्तन मापन गर्न सक्छ।

यसले नेपालमा पहिरो तथा भू–अस्थिरताको पूर्वसंकेत पहिचान गर्न राडार भूउपग्रहको प्रयोगको सम्भावना देखाएको छ। लामो समयका राडार अवलोकनलाई मौसम, वर्षा, हिमनदीको अवस्था, भूगर्भीय संरचना र स्थलगत मापनसँग जोडेर विश्लेषण गर्न सके जोखिमयुक्त क्षेत्र पहिचान गर्न तथा सम्भावित विपद्का लागि पूर्वतयारी र चेतावनी प्रणाली विकास गर्न सहयोग पुग्न सक्छ।

तर भूभाग सर्दै गरेको संकेत देखिनु मात्र पहिरो जाने निश्चित पूर्वानुमान भने होइन। कुन स्तरको भू–विकृतिले आसन्न पहिरोको जोखिम जनाउँछ भन्ने निर्धारण गर्न थप अध्ययन आवश्यक हुन्छ।

2