विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित शिक्षादिप कलेजले १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। कलेजले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न जिल्ला प्रशासन कार्यालय, मोरङमार्फत हस्तान्तरण गरेको हो। मंगलबार कलेजका अध्यक्ष भीम पराजुली, प्रिन्सिपल ज्ञानबहादुर खड्कालगायत सञ्चालकहरूको टोली जिल्ला प्रशासन कार्यालय पुगेर सहयोग रकम हस्तान्तरण गरेको थियो।
बाढीका कारण प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।
