काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न असोज ८ गते वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आह्वान गरिएको वार्षिक साधारणसभा असोज ८ गते बिहीबार अपराह्न ४ बजे नक्सालमा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयको सभाकक्षमा हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सो अवधिसम्म कायम सञ्चित रकमसमेतबाट चुक्तापूँजीको १० प्रतिशतका दरले करसहित २ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
