Logo

राष्ट्रिय वाणिज्य बैङ्ककाे शाखा कार्यालय ३०७ पुग्यो

अ+ अ-

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यो सँगै बैङ्कको शाखा कार्यालयको सङ्ख्या तीन सय सात पुगेको छ ।

पछिल्लो समय धनुषाको शाखा कार्यालय नगराईन, स्याङ्जाको शाखा कार्यालय बयरघारी, कञ्चनपुरको शाखा कार्यालय झलारी, कैलालीको शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौँको शाखा कार्यालय कपन, रुपन्देहीको शाखा कार्यालय सैनामैना, दाङको शाखा कार्यालय देउखुरी, गोरखाको शाखा कार्यालय पालुङटार र सर्लाहीको शाखा कार्यालय हरिवन शाखा कार्यालयहरू विस्तार गरी कारोबार शुभारम्भ गरेको बैङ्कले जनाएको छ ।

हाल बैङ्कको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।