Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

प्रधानमन्त्री शाहले लिनुभयो श्रम मन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री शाहले लिनुभयो श्रम मन्त्रीको जिम्मेवारी
अ+ अ-

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई कारबाही गरे लगत्तै उक्त मन्त्रालयको जिम्मेवारी आफैँ लिनुभएको छ ।

मन्त्री साह पदमुक्त भएपछि प्रधानमन्त्री बालेन्द्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी लिनुभएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले मन्त्रीको जिम्मेवारी हेरफेर भएको जानकारी गराएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार श्रम मन्त्रालयको जिम्मेवारी बिहीबारबाट प्रधानमन्त्रीले लिनुभएको हो ।

प्रधानमन्त्री वालेन्द्रले श्रममन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गर्नुभएको हो।

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नुभएको थियो।

2