Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रोकियो नेपाल उद्योग वाणिज्य महासङ्घको वार्षिक साधारण सभा

रोकियो नेपाल उद्योग वाणिज्य महासङ्घको वार्षिक साधारण सभा
अ+ अ-

काठमाडौँ- नेपाल उद्योग वणिज्य महासङ्घको वार्षिक साधारण सभा अन्तिम समयमा रोकिएको छ । उच्च अदालत पाटनको आदेशले चैत २९–३० गतेका लागि तय भएको ६० औँ वार्षिक साधारण सभा स्थगित भएको हो । अदालतको आदेशानुसार महासङ्घको निर्वाचन कमिटीले सूचना जारी गर्दै साधारण सभा स्थगित गरेको हो ।

नेपाल पेट्रोलिय ढुवानी व्यवसायी महासङ्घसमेतको रिटमा न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेश जारीसँगै अब सदस्यता विवादको टुङ्गो नलागेसम्म साधारण सभाको प्रक्रिया अघि बढ्ने छैन ।

अदालतको एक इजलासले चैत २३ गते अन्तरिम आदेश जारी हुने वा नहुने छलफलका लागि बिहीबार दुवै पक्षलाई झिकाएको थियो ।

दुवै पक्षबिचको छलफलपछि संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । संयुक्त इजलासको आदेशमा भनिएको छ, “मिति २०८१/११/१६ मा जारी भएको परमादेशबमोजिम निर्णय नगरी विपक्षी संस्थाको साधारण सभा हुँदा यी निवेदकसमेतलाई असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारण सभा नगर्नू/नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।”

निवेदकले २०८१ चैत २८ मा सम्पन्न वार्षिक साधारण सभामा आफू सदस्य भए पनि यो पटक सदस्यता प्रदान नगरेको भन्दै प्रक्रिया रोक्न माग गरेका थिए । सदस्यता समितिको सिफारिसविपरीत महासङ्घको कार्यसमितिले निर्णय गरेको भन्दै निर्णय बदरको माग पनि रिटमा गरिएको छ ।

वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन हुने कार्यतालिका रहेको थियो । सोही अनुसार निर्वाचन कमिटीले कार्य प्रारम्भसमेत गरेको थियो । व्यवसायीले फरक फरक प्यानलसहित चुनावको तयारी थालेका थिए ।

2