Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपीडितका लागि ह्याप्पी इनर्जीले दियो २० लाख

बाढीपीडितका लागि ह्याप्पी इनर्जीले दियो २० लाख
A A+ A-

काठमाडौं । ह्याप्पी इनर्जी लिमिटेडले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो।

शुक्रबार कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई २० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

उनले संकटका बेला नेपालीहरू एकजुट भएर एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै अहिले पनि त्यही भावना र सहकार्य आवश्यक रहेको बताए।

मन्त्री श्रेष्ठले आर्थिक सहयोगसँगै नैतिक, भौतिक र प्राविधिक सहयोगको पनि उत्तिकै आवश्यकता रहेको बताए। विपद्को कठिन घडीमा ‘जसले जे सक्छ, त्यही सहयोग गर्नु’ अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ।

2