काठमाडौं । विराटनगरस्थित राधाकृष्ण राइस मिल्सले बाढीपीडितका लागि सरकारलाई २ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
मिल्सका कार्यकारी निर्देशक विभोर अग्रवालका अनुसार त्रिशूली बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सरकारलाई उपलब्ध गराइएको हो।
मिल्सले बाढीपीडितका लागि विभिन्न सामाजिक संस्थामार्फत २ मेट्रिक टन चामलसमेत सहयोग गरेको जनाएको छ।
राधाकृष्ण राइस मिल्सले ‘कृष्णभोग प्रिमियम राइस’ ब्रान्डमा चामल उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
