Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

१० हेलिकप्टर विपद् व्यवस्थापनमा

१० हेलिकप्टर विपद् व्यवस्थापनमा
A A+ A-

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जारी उद्धार तथा राहत कार्यका लागि १० वटा हेलिकप्टर परिचालनमा राखेको छ । बाँकी हेलिकप्टरलाई भने नियमित पर्यटकीय तथा व्यावसायिक उडान सञ्चालन गर्न अनुमति दिएको छ ।

यसअघि भदौ १० गतेको विनाशकारी बाढीपछि सरकारले निजी क्षेत्रका सबै हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित उद्धार समन्वय समितिको मातहतमा राखेको थियो । ११ वटा कम्पनीका सञ्चालनमा रहेका १९ हेलिकप्टरलाई भने नियमित उडानमा प्रयोग गर्न दिइएको थियो ।

सरकारले विपद् प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत उद्धार तथा राहत सञ्चालन गर्ने र अन्य क्षेत्रमा उद्धारका लागि समेत सरकारी अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो ।

भोटेकोशी बाढीपछि उद्धार तथा राहतको काम जारी रहे पनि अहिले सीमित हेलिकप्टरबाटै विपद् व्यवस्थापन गर्न सकिने अवस्था भएकाले बाँकी हेलिकप्टरलाई निजी वायुसेवा कम्पनीले नियमित रूपमा सञ्चालन गर्न पाउने भएका छन् ।

पर्यटकीय सिजन सुरु हुन लागेको र पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भएकाले विपद् व्यवस्थापनमा आवश्यक नपर्ने हेलिकप्टरलाई नियमित उडानमा फर्काइएको वायुसेवा सञ्चालक संघका वरिष्ठ उपाध्यक्ष निमानुरु शेर्पाले बताए ।

उनका अनुसार विपद् व्यवस्थापनका लागि आवश्यक हेलिकप्टर परिचालनमै राखेर बाँकी हेलिकप्टरलाई नियमित पर्यटकीय सेवामा प्रयोग गर्न थालिएको हो ।

2