Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बर्खा सकिएसँगै अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्दो

बर्खा सकिएसँगै अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्दो
A A+ A-

लमजुङ। वर्षायामको अन्त्यसँगै अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थालेको छ। पछिल्लो दुई सातायता पदमार्गमा पर्यटकको चहलपहल वृद्धि भएको हो। धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार पछिल्लो साता करिब १०० जना पर्यटक धारापानी हुँदै प्रवेश गरेका छन्।

वर्षायाममा पर्यटकको सङ्ख्या निकै न्यून थियो। मुख्य पर्यटकीय याममा दैनिक ५०० देखि ६०० सम्म पर्यटक आउने यो पदमार्गमा वर्षायाममा दैनिक १० देखि १५ जना र कतिपय दिन त एक-दुई जना मात्रै आउने गरेका थिए। भदौ महिनामा मात्रै ६१४ जना पर्यटक धारापानी चेकपोस्ट हुँदै प्रवेश गरेका छन्। जसमध्ये ९९ जना सार्क मुलुकका र ५१५ जना गैरसार्क मुलुकका रहेका छन्। गुरुङका अनुसार अहिले विशेषगरी मनास्लु हिमाल आरोहण तथा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढेको छ।

सन् २०२६ को जनवरी १ देखि सेप्टेम्बर ६ सम्म २० हजार ९१७ पर्यटकले धारापानी प्रवेशबिन्दु प्रयोग गरेका छन्। लमजुङको बेँसीसहरबाट सुरु भई मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ भएर मुस्ताङ पुग्ने यो पदमार्ग पाँच जिल्लाको प्राकृतिक र सांस्कृतिक विविधताका लागि प्रसिद्ध छ।

पर्यटक आगमन बढ्न थालेपछि लामो समय सुनसान रहेका स्थानीय होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। मर्स्याङ्दी गाउँपालिका-४, च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले असोज र कात्तिक महिनामा पर्यटकको चाप निकै बढ्ने बताए। उनले भने, “असोज र कात्तिकमा पर्यटकको चाप निकै बढ्छ। उक्त समयमा निकै व्यस्त हुन्छौँ र व्यवसाय पनि राम्रैसँग चल्छ। दैनिक रु ५० हजारसम्म कारोबार हुन्छ।”

असोजदेखि मङ्सिरसम्मलाई अन्नपूर्ण पदमार्गको मुख्य पर्यटकीय याम मानिन्छ। दसैँ र तिहारजस्ता चाडपर्वका कारण पनि आगामी दिनमा पर्यटकको आगमन अझ बढ्ने व्यवसायीहरूको अपेक्षा छ। मौसम अनुकूल बन्दै जाँदा अब दैनिक ३०० देखि ४०० सम्म पर्यटक आउने व्यवसायीहरूको अनुमान छ। व्यवसायीहरूले पदमार्गको बाटो सुधारमा ध्यान दिनुपर्ने आवश्यकता समेत औँल्याएका छन्।

2