Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

विपत्तिको मौका छोपी कालोबजारी गर्नेलाई कारबाही गर्न सभापति अन्सारीको निर्देशन

विपत्तिको मौका छोपी कालोबजारी गर्नेलाई कारबाही गर्न सभापति अन्सारीको निर्देशन
A A+ A-

काठमाडौँ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले विपत्तिको मौका छोपी बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र मूल्यवृद्धि गर्नेलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएका छन्।

प्राकृतिक प्रकोपका कारण दैनिक उपभोग्य वस्तु र ग्यास आपूर्तिमा समस्या देखिएको अवस्थामा यसलाई बहाना बनाएर कालोबजारी गर्ने कार्य क्षम्य नहुने उनले चेतावनी दिएका छन्।

सभापति अन्सारीले हालैको बाढी र पहिरोले मुख्य राजमार्गहरू अवरुद्ध हुँदा आपूर्ति शृङ्खलामा गम्भीर समस्या आएको स्वीकार गरे।

विशेषगरी कृष्णभीरमा सडक अवरुद्ध हुँदा ग्यास बुलेट काठमाडौँ भित्रिन नसकेको यथार्थ सुनाउँदै उनले यसैको फाइदा उठाएर कसैले ग्यास लुकाउने वा मूल्य बढाउने काम गरेमा त्यस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए।

वाणिज्य विभागलाई बजार अनुगमन आक्रामक बनाउन निर्देशन दिइएको जानकारी दिँदै सभापति अन्सारीले सीमित जनशक्तिको अभाव भएमा थप जनशक्ति परिचालन गरेर भए पनि बजार नियमन गर्नुपर्नेमा जोड दिए। संसदीय समितिका निर्देशनहरू कार्यान्वयन गर्ने प्राथमिक जिम्मेवारी कार्यपालिकाको भएको उनले स्पष्ट पारे।

समितिको बैठकमा हुने बहसलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै उनले समस्याको जरोसम्म पुग्न सांसदहरूबिच हुने छलफल स्वाभाविक भएको बताए। उनले भने, ‘समस्याका कारणहरू मसिनो ढङ्गले केलाउँदा बैठकमा अलिअलि गर्मागर्मी हुनु स्वाभाविक हो। हामी केवल तात्कालिक राहतमा मात्र होइन, मध्यमकालीन र दीर्घकालीन रणनीति बनाएरै उपभोक्ताको समस्या सधैँका लागि समाधान गर्न केन्द्रित छौँ।’

आपूर्ति प्रणालीलाई पुनः लयमा फर्काउन नेपाल आयल निगम र मन्त्रालयका संयन्त्रहरू निरन्तर खटिरहेको बताउँदै उनले सङ्कटको यस घडीमा राज्य, व्यवसायी र उपभोक्ताबिच आपसी सहकार्य आवश्यक रहेको औँल्याए। समिति उपभोक्ता अधिकारको पक्षमा दृढतापूर्वक उभिएको दोहोर्याउँदै उनले सर्वसाधारणलाई सास्ती दिने र अनुचित लाभ लिन खोज्ने जो-कसैलाई सरकारले तत्काल दण्डित गर्नुपर्नेमा पुनः जोड दिएका छन्।

2