काठमाडौं। शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ सहयोग गरेको छ। अष्ट्रेलियन ब्रान्ड आईवीवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक रहेको उक्त कम्पनीले आफ्नो उत्पादन बिक्रीबाट प्राप्त रकममार्फत सो सहयोग जुटाएको हो।
कम्पनीले उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ। चेक हस्तान्तरण कार्यक्रममा आईवीवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले विपद्को यस कठिन घडीमा पीडित परिवारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्।
