काठमाडौं – चालू आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको तुलनामा धेरैजसो बैंकहरुको नाफा वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३ खर्ब भन्दा बढि लगानी वृद्धि हुँदा नाफामा समेत सुधार आएको देखिएको छ ।
कुन बैंकको कति नाफा ?
चालू आर्थिक वर्षको सुरुदेखि नै नबिल बैंकले सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकको रुपमा देखिएको छ । यस बैंकको १० महिनामा ५ अर्ब ६० करोड खुद नाफा कमाएको राष्ट्र बैंकलले जनाएको छ ।
अन्य बैंकहरुमा ग्लोबल आईएमई बैंकले ५ अर्ब ३५ करोड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड
कुमारी बैंकले ४८ करोड १९ लाख
हिमालयन बैंकले ६८ करोड ३४ लाख
एनआईसी एशिया बैंकको ४७ करोड ८७ लाख
नेपाल बैंक ३ अर्ब २८ करोड
एभरेष्ट बैंक ३ अर्ब ९० करोड
एनएमबी बैंक २ अर्ब ६२ करोड
माछापुच्छ्रे बैंक १ अर्ब ३१ करोड
लक्ष्मी सनराइज बैंक २ अर्ब १५ करोड
सानिमा बैंक १ अर्ब ८७ करोड
सिद्धार्थ बैंक २ अर्ब १ करोड
नेपाल एसबीआई बैंक १ अर्ब ३८ करोड
स्ट्याण्र्डड चार्टर्ड बैंक २ अर्ब ३४ करोड
प्राइम कर्मसियल बैंक २ अर्ब ५८ करोड
प्रभु कर्मसियल बैंक २ अर्ब
सिटिजन्स बैंक १ अर्ब ८१ करोड
राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ७७ करोड
कृषि विकास बैंक१ अर्ब ७३ करोड