Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

भदौको करदाता उपहार असोज १ मा घोषणा, २ जनाले १०–१० लाख पाउँदै

भदौको करदाता उपहार असोज १ मा घोषणा, २ जनाले १०–१० लाख पाउँदै
A A+ A-

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको घोषणा असोज १ गते हुने भएको छ ।

करदातालाई बिल लिन र कर तिर्ने बानी बसाल्ने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले यो उपहार कार्यक्रम सुरु गरेको हो ।

साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने तयारी थियो । तर, भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि पुरस्कार घोषणा स्थगित गरिएको थियो ।

आन्तरिक राजस्व विभागले असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने तयारी गरेको जनाएको छ । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार भदौ महिनाका लागि दुई चरणमा विजेता छनोट गरिनेछ ।

पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिन एक जनाका दरले १५ जना विजेता छनोट हुनेछन् । उनीहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, भदौ १ देखि १५ गतेसम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँको बम्पर प्रोत्साहन पुरस्कार दिइनेछ ।

दोस्रो चरणमा भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जना विजेता छनोट हुनेछन् । उनीहरूले पनि जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन् । यही अवधिका उपभोक्तामध्येबाट एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेछन् ।

यसरी असोज १ गते भदौ महिनाका १ लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता र १०–१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी ३३ जनालाई पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कारमा सहभागी हुन उपभोक्ताले १ सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ । कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्न विभागले आग्रह गरेको छ । अनलाइन कारोबार प्रणालीमा स्वतः समावेश हुने विभागले जनाएको छ ।

नगदमा कारोबार गरी सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गएर बिल अपलोड गरी पुरस्कारका लागि कुपन लिनुपर्नेछ ।

भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले भदौ १५ गतेसम्म बिल प्रणालीमा दर्ता गरी उपहार कुपन लिइसकेको हुनुपर्नेछ । भदौ १६ देखि ३१ गतेसम्म कारोबार गर्नेले भदौ मसान्तको राति १२ बजेसम्म बिल दर्ता गरी कुपन लिनुपर्नेछ ।

पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । त्यसपछि १ लाख ३३ हजार ३३४ रुपैयाँका विजेताले कर कटाएर १ लाख रुपैयाँ र १० लाख रुपैयाँका बम्पर विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

साउन महिनामा ३३ जनाले करदाता प्रोत्साहन पुरस्कार जितेका थिए । उनीहरूको विजेता छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए ।

2