udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भदौको करदाता उपहार असोज १ मा घोषणा, २ जनाले १०–१० लाख पाउँदै

भदौको करदाता उपहार असोज १ मा घोषणा, २ जनाले १०–१० लाख पाउँदै
A A+ A-

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको घोषणा असोज १ गते हुने भएको छ ।

करदातालाई बिल लिन र कर तिर्ने बानी बसाल्ने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले यो उपहार कार्यक्रम सुरु गरेको हो ।

साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने तयारी थियो । तर, भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि पुरस्कार घोषणा स्थगित गरिएको थियो ।

आन्तरिक राजस्व विभागले असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने तयारी गरेको जनाएको छ । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार भदौ महिनाका लागि दुई चरणमा विजेता छनोट गरिनेछ ।

पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिन एक जनाका दरले १५ जना विजेता छनोट हुनेछन् । उनीहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, भदौ १ देखि १५ गतेसम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँको बम्पर प्रोत्साहन पुरस्कार दिइनेछ ।

दोस्रो चरणमा भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जना विजेता छनोट हुनेछन् । उनीहरूले पनि जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन् । यही अवधिका उपभोक्तामध्येबाट एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेछन् ।

यसरी असोज १ गते भदौ महिनाका १ लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता र १०–१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी ३३ जनालाई पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कारमा सहभागी हुन उपभोक्ताले १ सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ । कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्न विभागले आग्रह गरेको छ । अनलाइन कारोबार प्रणालीमा स्वतः समावेश हुने विभागले जनाएको छ ।

नगदमा कारोबार गरी सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गएर बिल अपलोड गरी पुरस्कारका लागि कुपन लिनुपर्नेछ ।

भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले भदौ १५ गतेसम्म बिल प्रणालीमा दर्ता गरी उपहार कुपन लिइसकेको हुनुपर्नेछ । भदौ १६ देखि ३१ गतेसम्म कारोबार गर्नेले भदौ मसान्तको राति १२ बजेसम्म बिल दर्ता गरी कुपन लिनुपर्नेछ ।

पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । त्यसपछि १ लाख ३३ हजार ३३४ रुपैयाँका विजेताले कर कटाएर १ लाख रुपैयाँ र १० लाख रुपैयाँका बम्पर विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

साउन महिनामा ३३ जनाले करदाता प्रोत्साहन पुरस्कार जितेका थिए । उनीहरूको विजेता छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action