udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

७७ लाखमै दुईतले घर, जग्गामा २५% छुट

७७ लाखमै दुईतले घर, जग्गामा २५% छुट
A A+ A-

काठमाडौं । काठमाडौंमा आयोजना हुन लागेको नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँमै घर किन्न सकिने अफर सार्वजनिक गरिएको छ।

असोज १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोमा जग्गा खरिदमा २५ प्रतिशतसम्म छुट र ५ हजार १ रुपैयाँमै टोकन बैना गर्न सकिने सुविधा पनि राखिएको छ।

आयोजकका अनुसार टोकन बैना गरेर जग्गा मन नपरेमा रकम फिर्ता गर्ने व्यवस्था गरिएको छ। घर निर्माण गर्न चाहने ग्राहकले निर्माणको जिम्मेवारीसमेत सम्बन्धित कम्पनीलाई दिन सक्नेछन्।

काठमाडौं नजिकै तीन बेडरुमसहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणा पनि एक्स्पोमा प्रस्तुत गरिने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरका अनुसार नुवाकोट र रसुवा मोड क्षेत्रमा मध्यम तथा श्रमजीवी वर्गलाई लक्षित गरी यस्ता घर निर्माण गर्ने योजना छ।

ठूलो संख्यामा घर निर्माण गरेर लागत घटाउने र तुलनात्मक रूपमा सस्तो मूल्यमा बिक्री गर्ने अवधारणामा आवासीय घर विकास गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा विभिन्न डेभलपर, बैंक तथा वित्तीय संस्था र निर्माण सामग्री तथा प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ। ग्राहकले घर तथा जग्गाको मूल्य, स्थान, निर्माण अवस्था, भुक्तानी प्रक्रिया र अन्य सर्तबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

घरजग्गा खरिद तथा निर्माणसम्बन्धी निःशुल्क परामर्शको व्यवस्था पनि गरिएको छ। बैंक तथा वित्तीय संस्थाबाट आवासीय कर्जा, लगानी र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी लिन सकिने आयोजकले जनाएको छ।

एक्स्पोमा सिमेन्ट, स्टिल, पेन्ट, काठ, सिसा, सेनिटरी सामग्री, विद्युतीय उपकरण, फर्निचर, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन र फोहोर व्यवस्थापनसम्बन्धी सामग्री तथा प्रविधि प्रदर्शन गरिनेछ।

भूकम्पप्रतिरोधी घर निर्माण, घरको डिजाइन, निर्माण सामग्री छनोट र लागत व्यवस्थापनबारे इन्जिनियर, आर्किटेक्ट तथा निर्माण क्षेत्रका विज्ञबाट निःशुल्क परामर्शसमेत लिन सकिनेछ।

आयोजकका अनुसार एक्स्पोमा ओम अस्पताल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम पनि हुनेछ। डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क, डिजिटल डिस्प्ले र भर्चुअल रियालिटी प्रविधिको प्रयोग गर्दै एक्स्पोलाई प्रविधिमैत्री बनाइनेछ।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्सले सहकार्य गरेको छ। एक्स्पोको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्सले गर्नेछ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action