Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

मोदीको रात्रिभोजमा सी अनुपस्थित

मोदीको रात्रिभोजमा सी अनुपस्थित
A A+ A-

एजेन्सी । भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको रात्रिभोजमा चीनका राष्ट्रपति सी चिनपिङ सहभागी भएनन् ।

शनिबार साँझ मोदीले ब्रिक्समा सहभागी राष्ट्रका प्रमुख तथा प्रतिनिधिका लागि आयोजना गरेको गाला डिनरमा सी अनुपस्थित रहेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ । सी रात्रिभोजमा सहभागी नभएको कारण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

समाचारअनुसार एक स्रोतले सी आराम गर्न होटल फर्किएको जानकारी दिएको छ । सी शनिबार दिउँसो ब्रिक्स सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली पुगेका थिए । उनले सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए ।

रात्रिभोजमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित ब्रिक्सका अन्य नेताहरू सहभागी थिए । भारतीय केन्द्रीय मन्त्रीहरू अमित शाह, निर्मला सीतारमण, पीयूष गोयल, अश्विनी वैष्णव र शिवराज सिंह चौहान पनि रात्रिभोजमा सहभागी भएका थिए ।

अबु धाबीका क्राउन प्रिन्स शेख खालिद बिन मोहम्मद पनि रात्रिभोजमा सहभागी भएनन् । उनी सम्मेलनमा सहभागी भएर सोही दिन स्वदेश फर्किएको बताइएको छ ।

सी र मोदीबीचको द्विपक्षीय भेटवार्तामा भने भारत–चीन सम्बन्धका महत्वपूर्ण विषयमा छलफल भएको थियो । दुवै नेताले दुई देशबीचका मतभेदलाई विवादमा परिणत हुन नदिनुपर्नेमा जोड दिएका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार मोदीले सम्बन्धलाई आपसी सम्मान, आपसी संवेदनशीलता र आपसी हितका आधारमा अघि बढाउनुपर्ने बताएका थिए । सीमा विवादलाई निष्पक्ष, उचित र दुवै पक्षलाई स्वीकार्य हुने गरी समाधान गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार सीले चीन र भारतलाई प्रतिद्वन्द्वीका रूपमा नभई साझेदारका रूपमा हेर्नुपर्ने बताएका छन् । उनले दुई देशले एकअर्कालाई खतरा नभई विकासका अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए ।

सीले आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्थिर र स्वस्थ रूपमा अघि बढाउन दुवै देशले एकअर्काका आर्थिक तथा व्यापारिक चासोलाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।

यसरी एकातर्फ मोदीसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गरेका सी रात्रिभोजमा भने अनुपस्थित भएपछि उनको अनुपस्थितिलाई लिएर विभिन्न चासो उत्पन्न भएको छ । तर, उनको अनुपस्थितिको वास्तविक कारणबारे भने अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक भएको छैन।

2