Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगी, फरार कैदी पक्राउ

नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगी, फरार कैदी पक्राउ
A A+ A-

काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातु देखाएर विभिन्न व्यक्तिबाट १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन्।

प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले उनलाई टोखा नगरपालिका–९ मिलन टोलस्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट ८५६ ग्राम नक्कली सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा थापा मगरले सुनजस्तो देखिने धातु देखाएर विभिन्न व्यक्तिलाई विश्वासमा पारी पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापा मगरविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा उनी यसअघि जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका कैदी रहेकोसमेत खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार थापा मगर २०८२ भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए। कारागारबाट फरार रहेकै अवस्थामा उनले नक्कली सुन देखाएर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

2