Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रेलेखोलाको विद्युत् प्रसारण लाइनमा जोडियो

रेलेखोलाको विद्युत् प्रसारण लाइनमा जोडियो
अ+ अ-

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादित विद्युत् शनिबारदेखि दाना–खुर्कोट प्रसारण लाइनको अन्नपूर्ण गाउँपालिका ३ मा निर्माण गरिएको दाना सब–स्टेशन मार्फत प्रशारण लाइनमा जोडिएको हो ।

नेपाल विद्युत् प्राधिकरण,विद्युत विकास विभाग, परामर्शदाता, प्रवर्धक र ठेकेदारका प्राविधिकहरुको संयुक्त टोलीबाट विद्युत् गृहमा जडान भएका उपकरणहरुको अन्तिम परीक्षण गरी विद्युत् उत्पादन सुरु गरेका छौं आयोजना प्रमुख दार्शनिक काफ्लेले भन्नुभयो, ‘‘उत्पादित विद्युत् दाना सब–स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । १५ दिन परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक उत्पादन थाल्छौं ।’’

ह्युम कन्सल्ट प्रा.लि प्रवर्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर विद्युत् उत्पादन थालेको हो । सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोप्रालेकको फेदी कालोखोलामा बाँध, ५०-५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी, रेलेखर्कमा विद्युत् गृह निर्माण र बाँधदेखि विद्युत् गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको छ ।

आयोजनामा वर्कसय इन्जिनियरिङ सर्भिस प्रा.लि ले हाइड्रोमेकानिकल र फ्लो इनर्जी इन्डिया प्रा.लिले इलेक्ट्रो मेकानिकलको काम गरेको आयोजनाले जनाएको छ ।

आयोजनाले रेलेखर्कको विद्युत् स्विचयार्ड र दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको पाँच किलोमिटर प्रसारण लाइन निर्माण गरेको छ । सुरूङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको आयोजना प्रमुख काफ्लेले जानकारी दिनुभयो । पाँच सय दश मिटर माथिबाट विद्युत् गृहमा पानी खसालेर विद्युत् उत्पादन गर्न संरचना निर्माण र उपकरण जडान भएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७९ मा निर्माण सुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्‍याउँदा विद्युत् उत्पादन एकवर्ष ढिला भएको आयोजनाले जनाएको छ ।

एक अर्ब ३५ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेंसीगाउँदेखि लेकगाउँ हुँदै बाँध र विद्युत् गृह निर्माण स्थलसम्म १३ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाले नारच्याङको बेंसी गाउँदेखि लेकगाउँसम्म निर्माण गरेको सडकले स्थानीयवासीहरुलाई आवतजावतमा सहज भएको छ ।

2