Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सुदूरपश्चिममा लगानीका लागि उद्यमीलाई मुख्यमन्त्री भट्टको आग्रह

सुदूरपश्चिममा लगानीका लागि उद्यमीलाई मुख्यमन्त्री भट्टको आग्रह
A A+ A-

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिममा उद्यमशीलता विकासका लागि नवप्रवर्तन प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय इन्क्युबेसन सेन्टर, कैलाली बहुमुखी क्याम्पसले धनगढीमा आयोजना गरेको ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ लाई सम्बोधन गर्दै शनिबार उनले प्रदेश सरकार उद्यमी अनुकूल ऐन, कानुन, नीति, नियम बनाउन तयार रहेकाले प्रदेशमा लगानीका लागि आउन आह्वानसमेत गरे।

मुख्यमन्त्री भट्टले प्रदेशको सुन्दर भविष्य निर्माण गर्ने सोच, सम्भावना र सङ्कल्पको आधार तयार बनाउन सबैसँग सहकार्यका लागि खुला रहेको बताए। उनले नवउद्यमी सम्मेलनमार्फत त्यस्ता योजना अगाडि सार्न आग्रह गरे। ‘सुदूरपश्चिमका मात्रै होइन, देशभरिका उद्यमीहरूलाई लगानीका लागि सुदूरपश्चिममा आउन आग्रह गर्दछु। त्यसका लागि सरकारले गर्ने सबै सहजीकरण हामी गर्छौँ’, उनले भने।

मुख्यमन्त्री भट्टले विश्वका विभिन्न देशमा छरिएर रहेका सुदूरपश्चिमेलीलाई पनि आफ्नो मातृ र पितृ भूमिमा लगानी गरी विकास कार्यमा योगदान गर्न आग्रह गरे। उनले परिणाममुखी व्यावसायिक योजना निर्माण गरी निर्वाहमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको मात्र नभई समग्र देशकै अर्थतन्त्र हाल जोखिममा रहेको उल्लेख गर्दै त्यसलाई उकास्न सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताए। जलवायु परिवर्तनका कारण उत्पन्न हुने बाढी, पहिरो तथा अन्य विपद्ले एकै क्षणमा वर्षौँवर्षको लगानी नै सङ्कटमा पार्ने स्थिति आइरहेको भन्दै उहाँले ती जोखिमको आकलन गरेर विकासलाई नयाँ दिशा र गति दिनुपर्ने बताए।

‘देशको अर्थतन्त्रले विभिन्न चुनौतीको सामना गरिरेको छ। अब अर्थतन्त्रलाई चलायमान बनाउने र आर्थिक समृद्धिमा योगदान पुर्याउने कार्यक्रम सञ्चालन गर्न आवश्यक छ’, मुख्मन्त्री भट्टले भने, ‘त्यसैले उद्यमशीलता, नवप्रवर्तन र व्यावसायिक योजनामार्फत आर्थिक सम्भावनाको उपयोग गर्न लागौँ।’

कैलालीको धनगढीमा शुक्रबारदेखि सुरु भएको ‘स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म’ भन्ने नारासहित सम्मेलन सुरु भएको हो। सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ। कैलाली बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा लोकबहादुर विष्टले सुदूरपश्चिम प्रदेशमा रहेका स्थानीय सम्भावना, नवीन सोच, व्यावहारिक सीप तथा बजारको अवसरलाई पहिचान गरी तिनलाई व्यावहारिक, दिगो र लगानीयोग्य उद्यममा रुपान्तरण गर्न सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए।

सम्मेलनमार्फत उद्यमशील प्रतिभाको पहिचान तथा विकास, स्थानीय स्रोत र सीपको व्यावसायीकरण, नयाँ उद्यम स्थापना, स्थानीय मूल्य अभिवृद्धि, रोजगारी तथा आयआर्जनका अवसर सृजना र प्रदेशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए।

सम्मेलनमा सहभागिताका लागि यसअघि छनोट भएका प्रस्तावमा विस्तृत छलफल गरी व्यावसायिक योजना विकासका लागि पृष्ठपोषण दिनुका साथै केही उत्कृष्ट योजना छनोट गरी थप तालिम, मेन्टरसिप र बीउ पुँजीसमेत उपलब्ध गराइने जनाइएको छ।

यसैबीच शनिबार आयोजित कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका सेवानिवृत्त प्राध्यापक डिल्लीराज फुलारालाई सम्मान गर्दै उनको निबन्ध सङ्ग्रह ‘आमा’ र सहप्राध्यापक गणेशराज जोशीको समालोचनात्मक कृति ‘सरल समालोचना’को विमोचन गरिएको थियो। समालोचना सङ्ग्रहमा १५ वटा लेखहरू समावेश छन्।

2