Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मधेश प्रदेशको वजेट ४६ अर्ब ५८ करोड ३३ लाख (पूर्णपाठ)

मधेश प्रदेशको वजेट ४६ अर्ब ५८ करोड ३३ लाख (पूर्णपाठ)
अ+ अ-

जनकपुरधाम- मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले मधेश प्रदेश सभाको पाँचौ अधिबेशनको आइतबार बसेको प्रदेशसभाको १० औं बैठकमा मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

प्रस्तुत बजेटमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात ३५.८९ प्रतिशत र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात ६४.११ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको विनियोजित बजेटमध्ये अगामी आर्थिक वर्षको लागि ६.१३ प्रतिशतले बजेट बढेको अर्थमन्त्री यादवले बताउनुभयो । अगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्व ५० करोड ३ लाख, नेपाल सरकारवाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानवाट ७ अर्व ६२ करोड १९ लाख सशर्त अनुदानवाट ४ अर्व २६ करोड १८ लाख रुपियाँ रहेको छ ।

त्यस्तै, विशेष अनुदानबाट ३९ करोड ४५ लाख, समपुरक अनुदानबाट ३५ करोड २ लाख गरी जम्मा १२ अर्व ७३ करोड ६४ लाख, संघीय सरकारको १२ अर्व ३५ करोड ४ लाख र गत वर्षको मौजुदा रकम १० अर्व ३८ करोड २ लाख व्यहोर्दा २ अर्व खुद न्यून हुन जाने र सो न्यून पुर्तिगर्न आवश्यक कानूनी व्यवस्था गरी आन्तरिक क्रृणवाट पुर्याउने बजेट वक्तव्यमा उल्लेख छ ।

प्रदेश सरकारले अगामी आर्थिक वर्षमा पुर्वाधार, कृषि, पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

2