Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा प्राविधिक परीक्षण जारी

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा प्राविधिक परीक्षण जारी
A A+ A-

काठमाडौँ- बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना सञ्चालन गर्नुअघि प्राविधिक परीक्षण (फेसिलिटेट टेस्टिङ) सुरु गरिएको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ । उक्त सुरुङमार्ग आयोजनाको परामर्शदाता कम्पनी निप्पन कोइका इन्जिनियर रमेश कोइरालाले मुख्य सुरुङको काम सम्पन्न भएसँगै सञ्चालनअघि गर्नुपर्ने प्राविधिक परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले यस परीक्षण अन्तर्गत सुरुङभित्र जडान गरिएका प्रकाश प्रणाली, अक्सिजन, सञ्चार, अग्नि नियन्त्रण, सुरक्षा, दुर्घटनाको उद्धारसम्बन्धी प्रणाली, सिसिटिभी, टेलिफोनलगायतका उपकरणको सम्बन्धित विज्ञबाट परीक्षण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जडान गरिएका प्रणाली र त्यसका उपकरणले पूर्ण रूपमा काम गरिरहेको छ/छैनलगायतको विषयमा परीक्षण गर्ने गरिन्छ । परीक्षणमा सफल नभएका प्रणाली र उपकरण पुनः जडान गर्ने गरिन्छ ।” उहाँले सुरुङभित्र नियमित रूपमा सवारीसाधन सञ्चालन गर्नुअघि केही दिन परीक्षणस्वरूप गाडीसमेत गुडाउनुपर्ने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव अर्जुनजङ्ग थापाका अनुसार यस परीक्षण अन्तर्गत त्यहाँका लाइटिङ प्रणाली, सञ्चार प्रणाली, फायर फाइटिङ उपकरण, भ्यान्टिलेसनका लागि जडान गरिएका जेट फैन, एफएम प्रणालीलगायतको परीक्षण गर्ने गरिन्छ । त्यसै गरी त्यहाँ राखिएका एम्बुलेन्स, दमकल, सुरुङभित्र दुर्घटनामा परेको गाडी तान्ने मेसिनसमेत परीक्षण गरिने छ ।

विदेशी विज्ञबाट परीक्षण

पूर्वमहानिर्देशक थापाका अनुसार जापानका विषयगत विज्ञबाट यो परीक्षण भइरहेको छ । जापानी प्राविधिकसँग सडक विभागका ४० जना नेपाली प्राविधिकसमेत संलग्न छन् । परीक्षण सकिएपछि जापानी प्राविधिकले नेपाली

प्राविधिकलाई प्रशिक्षण दिने छन् । नेपाली प्राविधिकले सबै कुरा बुझेपछि हस्तान्तरण गरेर जापानी स्वदेश फर्कने छन् । मुख्य सुरुङमा मोटरसाइकल, पेट्रोलियम पदार्थ तथा विस्फोटक पदार्थ बोकेका र गह्रौँ तौल हुने सवारीसाधन प्रवेश नहुने आयोजनाले जनाएको छ । मुख्य सुरुङमा सवारीसाधन बिग्रेमा वा कुनै समस्या आएमा आपतकालीन उद्धारका लागि खटिनुपर्ने सवारीसाधनलाई मात्रै सहायक सुरुङमा

प्रवेश दिइने छ । सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सन् २०१८ मा तयार पारिएको हो । यसै गरी सन् २०१६ मा जाइकासँग १६ अर्ब ६३ करोड रुपियाँको ऋण सम्झौता भएको थियो । ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्ने गरी सो ऋण सम्झौता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते यस आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

2