Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

डेडिकेटेड तथा ट्रङ्क लाइन महसुल विवाद, अधिकांश उद्योग पुनरवलोकनमा

डेडिकेटेड तथा ट्रङ्क लाइन महसुल विवाद, अधिकांश उद्योग पुनरवलोकनमा
अ+ अ-

काठमाडौँ, असार २ गते । डेडिकेटेड तथा ट्रङ्क लाइन महसुल विवादमा रहेका अधिकांश उद्योग नेपाल विद्युत् प्राधिकरणमा प्रशासकीय पुनरवलोकनका लागि आवदेन दिएका छन् । प्राधिकरणले गत वैशाख ३० गते सूचना प्रकाशन गरी जेठ मसान्तभित्र प्राधिकरणको सम्बन्धित शाखा कार्यालयमा आवदेन दिन समयसीमा दिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार ४६ वटा उद्योगले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट खपत गरेको भन्दै प्राधिकरणले पठाएको बिलमा चित्त नबुझेकाले पुनरवलोकन गर्न भन्दै निवेदन दिएका छन् । प्राधिकरणको गत वैशाख २१ गतेको सञ्चालक समितिले विद्युत् वितरण विनियमावलीको विनियम ५५ को उपविनियम ५ बमोजिम बिल रकमको पाँच प्रतिशत बराबरको रकम बैङ्क ग्यारेन्टी पेस गर्ने सुविधा दिएको थियो ।

प्राधिकरणले सो विवाद समाधान गर्न प्राधिकरण सञ्चालक समिति सदस्य श्यामकिशोर यादवको संयोजकत्वमा प्रशासकीय पुनरवलोकन समिति गठन गरेको छ । समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि सुनीलकुमार पिया, प्राधिकरणका उपकार्यकारी निर्देशकहरू बेलप्रसाद शर्मा र दुर्गानन्द वरीयत सदस्य हुनुहुन्छ ।

डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको प्रिमियम महसुल विवादमा ६१ वटा उद्योग थिए । ६१ मध्ये दुई उद्योग ७५ साल वैशाखपछिको अवधिको भएकाले सो अवधिलाई लाल आयोगको प्रतिवेदन र मन्त्रीपरिषद्को निर्णय अनुसार अहिले समावेश गरिएको छैन । सूर्य नेपाल र डाबर नेपालसहित केही उद्योगको मुद्दा अहिले अदालतमा विचाराधीन छन् । नौ उद्योगले भुक्तानीको किस्ताबन्दी सुविधामा गर्न थालेका थिए । अहिले अदालती प्रक्रियामा रहेकाबाहेक अधिकांश उद्योग पुनरवलोकनमा आएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उद्योगीहरू पुनरवलोकनका लागि आएसँगै लामो समयदेखि समस्याको विषय रहँदै आएको यो विवाद निचोडमा पुग्ने अपेक्षा गर्नुभयो ।

2