Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि
A A+ A-

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ ।

पछिल्लो समय यो वडामा मात्र तीनवटा दूध सङ्कलन केन्द्र (डेरी) खुलेका छन् । यहाँ पाँच वर्षका अवधिमा व्यावसायिक पशुपालन फस्टाएको छ । प्रत्येक घरमा गाईपालन सुरु गरेर दूध बिक्री गर्ने किसान बढेका छन् ।

सरकारले दूध उत्पादनमा किसानलाई प्रोत्साहन दिएपछि व्यावसायिक दूध उत्पादन वृद्धि भएको हो । सरकारले किसानलाई दूधमा प्रतिलिटर रु पाँचका दरले अनुदान दिने गरेको छ । “सरकारले दूध उत्पादनका आधारमा अनुदान रकम दिएपछि किसानलाई राहत भएको छ । गाउँमा पशुपालनको लहरनै चलेको छ”, स्थानीय किसान गोपाल पोखरेलले भन्नुभयो, “चोक्कर, पराललगायत पशु आहाराको मूल्यवृद्धि हुँदा अझै दूधको मूल्य खर्चका आधारमा न्यून छ, समयअनुसार दूधको मूल्यसमेत बढाउनु आवश्यक छ ।”

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीले जिल्लामा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रममा दूध उत्पादन गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिइन्छ । सिधै किसानले नगद रकम अनुदान पाउँछन् ।

गत आर्थिक वर्ष दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत किसानलाई रु दुई करोड २० लाख प्रोत्साहन अनुदान वितरण गरिएको कार्यालयका प्रमुख डा गृष्म न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ४४ लाख लिटर दूधको अनुदान दिइइएको थियो । दूध उत्पादन, सङ्कलन तथा औपचारिक बजारीकरणमा आबद्ध सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम किसानले पाउने गरेका छन् ।

“दूधमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अत्यन्त प्रभावकारी छ । यसबाट किसानहरु दूध उत्पादन र औपचारिक बजारीकरणमा आबद्ध हुनका लागि प्रोत्साहित हुनुभएको छ”, कार्यालय प्रमुख न्यौपानेले भने।

गत वर्ष यस कार्यक्रमअन्तर्गत २७ वटा दूध सङ्कलन संस्था÷केन्द्रमार्फत वार्षिक ६९ लाख २३ हजार ७०० लिटर दूध सङ्कलन भएको विवरणमा उल्लेख छ । साथै आठ हजार ५० जना किसान दूध सङ्कलन प्रणालीमा आबद्ध रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले दूध उत्पादन बढाउन किसानलाई प्रतिलिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई औपचारिक बजारसँग समेत जोड्न सहयोग पुगेको छ । उत्पादनमा आधारित अनुदानसँगै पाडीबाछी हुर्काउने प्रोत्साहन कार्यक्रमलाई पनि पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्ने महत्त्वपूर्ण कार्यक्रमका रूपमा कार्यालयले अघि बढाएको छ ।

यस कार्यक्रममा कोरली बाछी र कोरली पाडी हुर्काउनका लागि किसानलाई रु १० हजारका दरले अनुदान दिइने गरेको छ । यस कार्यक्रमबाट गत वर्ष ९९ कोरली पाडी र ३५५ बाछी हुर्किइ माउ बन्न योग्य भएको र दूधालु पशुको सङ्ख्यामा ४५४ ले वृद्धि भई यस वर्ष १२ लाख लिटर अतिरिक्त दूध उत्पादन हुने कार्यालयको अनुमान छ ।

कास्की जिल्लामा कूल एक लाख २० हजार ५७२ घर परिवार रहेकामा ५२ हजार ३२३ परिवार पशुपालमा आबद्ध रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।

2