Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

साठी अर्बको प्रतिबद्धता दस अर्ब भित्रियो

साठी अर्बको प्रतिबद्धता दस अर्ब भित्रियो
अ+ अ-

काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ६० अर्ब रुपियाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म ७१७ परियोजनामार्फत ६० अर्ब ६० करोड ९४ लाख ४३ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो । कुल लगानीको ५० प्रतिशत अर्थात् ३० अर्ब ४४ करोड ७७ लाख रुपियाँ सेवा क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ ।

यस्तै पर्यटन क्षेत्रमा ४० प्रतिशत अर्थात् २३ अर्ब ९४ करोड ४२ लाख ६० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । कृषि तथा वन पैदावार क्षेत्रमा एक अर्ब ४४ करोड ६० लाख रुपियाँ, उत्पादनमूलक क्षेत्रमा तीन अर्ब १२ करोड २० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधिमा एक अर्ब ९७ करोड ३९ लाख, ऊर्जा क्षेत्रमा दुई करोड ५५ लाख र पूर्वाधारमूलक क्षेत्रमा पाँच करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै ७०२ साना उद्योग, नौ मझौला र छ वटा ठुला उद्योग रहेका छन् । नीतिगत सुधारसँगै लगानी प्रतिबद्धतामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेको थियो । सुरुदेखि हालसम्म सात हजार ११६ उद्योगमा पाँच खर्ब ९० अर्ब ३५ करोड १९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता धेरै आए पनि सो अनुपातमा न्यून लगानी भित्रिने गरेको तथ्याङ्कले देखाएको छ ।

यसैबिच नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आवको १० महिनामा साढे १० अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । साउनदेखि वैशाखसम्म १० अर्ब ६० करोड वैदेशिक लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा सात अर्ब पाँच करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको तुलनामा तीन अर्ब ५५ करोड रुपियाँ बढी भित्रिएको तथ्याङ्कले देखाएको छ । नीतिगत सुधारले लगानी प्रतिबद्धता रकमसँगै नेपालमा भित्रिने रकमसमेत बढेको तथ्याङ्कले देखाएको छ । यस्तै १० महिनामा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्ष सो अवधिमा पाँच अर्ब २६ करोड खुद पुँजीगत ट्रान्सफर भएको थियो ।

2