Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

नेपाल पर्यटन प्रवर्द्धनका लागि टिकटकसँग सहकार्य

नेपाल पर्यटन प्रवर्द्धनका लागि टिकटकसँग सहकार्य
A A+ A-

काठमाडौं: नेपालका पर्यटकीय गन्तव्यलाई विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले टिकटकसँग सहकार्य गरेको छ। यसै क्रममा सात देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल भ्रमणमा आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ।

भ्रमणमा आउने क्रिएटरहरू फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंकाका रहेका छन्। उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र पर्यटनका विविध पक्ष समेटेर भिडियो तथा डिजिटल सामग्री तयार गर्नेछन्। यी सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्‍याइने छ।

पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार युएई र ट्युनिसियाका तीन जना क्रिएटरहरूले पोखरा र काठमाडौँमा रहेर सामग्री उत्पादन गरिरहेका छन्। उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय महत्वका स्थल र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत प्रस्तुत गर्नेछन्।

2