Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’

‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’
अ+ अ-

काठमाडौँ- पछिल्लो समय उत्पादन बढी हुँदा तरकारी सस्तो हुनुका साथै बिक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ ।

अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आउनुभएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्यून भएको र बेच्न नसक्ने अवस्था आएको बताउनुभयो ।

उहाँका अनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछि उत्पादन ज्यादा भएकाे छ । धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रिने गरेको छ ।

खेतबारीको तरकारी सकिएपछि असार साउनबाट भाउ बढ्नसक्ने सम्भावना छ । लौका १५–२० रुपियाँ, करेला २०–२५ रुपियाँ, बोडी १५–२० रुपियाँमा बेच्नुपरेको कुनै भाउ छैन । न व्यापारीलाई फाइदा न किसानलाई ।

तरकारी व्यापारी चेतबहादुर थिङले भन्नुभयो, ‘‘धान रोप्ने खेतमा अहिले तरकारी रोपाइँ धेरै भएकाले उत्पादन बढी भयो । अहिले इण्डियातिरको तरकारी छैन । धादिङ, सर्लाही, काभ्रे, मकवानपुरसहितका जिल्लाबाट तरकारी आउने गरेको छ । भारतीय तरकारी अहिले त्यति छैन । उत्पादन बढी भएरै तरकारी सस्तो भएको हो ।’’

व्यापारीहरुका अनुसार अहिले तरकारी नबिकेर कुहिएर फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरुलाई ठुलोमात्रामा घाटा लागिरहेको उनीहरुको भनाइ छ ।

कालीमाटीमा व्यापार गर्दै आउनुभएका अर्का व्यापारी विष्णु कार्कीले पनि उत्पादन बढी भएकै कारण तरकारीको भाउ सस्तो हुन पुगेको बताउनुभयो । उहाँले नेपाली तरकारीसँगै भारतीय समेत केही आएकाले बजारमा धेरै तरकारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालमा पनि उत्पादन बढी छ अहिले । बजार पनि धेरै भयो । व्यापारिक स्टलहरु पनि ठाउँठाउँमा भए । जहाँतहीँ स्टलहरु छन् । सस्तो भएपछि मान्छेले खान मन पराउँदैनन् । त्यही भएर होला तरकारी नबिकेको ।’’

देशको अवस्था ठिक नभएका कारण मान्छेको क्रयशक्ति कमजोर भएका कारण तरकारी विक्री नभएको कार्कीको बुझाइ छ ।

तरकारीसँगै फलफूलको मूल्यसमेत गत वर्षको भन्दा सस्तो रहेको कालीमाटीका व्यापारीहरुको भनाइ छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले मङ्गलबारका लागि लोकल गोलभेंडा २९, ठुलो गोलभेंडा ९५, मकैबोडी ४६, मटरकोसा १५२, लौका १७, घिरौंला ३२, रायो साग ४२ र न्युरो प्रतिकिलो २८ रुपियाँ तोकेको छ भने कालीमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार कुरिलो प्रतिकिलो तीन सय रुपियाँ तोकेको छ । त्यस्तै, कन्यच्याउको भाउ एक सय ४५ रुपियाँ तोकिएको छ ।

2