Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्छः अर्थमन्त्री पौडेल

देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्छः अर्थमन्त्री पौडेल
अ+ अ-

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ।

कोरियाको अनुभवमा आधारित सफलताका कथा नामक पुस्तकको राजधानीमा विमोचन गर्दै उहाँले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु अहिले कमी रहेको बताउनुभएको हो।

अर्थमन्त्री पौडेलका अनुसार प्रकृतिको वरदानका रुपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ। प्रचुर सम्भावनालाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने पौडेलले बताउनुभयो। विदेशमा सिकेको सीप पुँजी सबैले नेपालमा उपभोग गर्नसके देश छिट्टै विकसित हुने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘‘भूगोलका हिसाबले देश सानो छौं तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौं। संस्कृतिक, ऐतिहासिक, पुरातात्विक, दृष्टिकोणले हामी सम्पन्न छौं। त्यसअर्थमा हामीले हाम्रो देशभित्र भविष्य खोज्नुपर्छ। तथापी आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन। विभिन्न सन्दर्भमा अध्ययनका सिलसिलामा श्रम, व्यवसायका सिलसिलामा मानिसहरु एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन्।’’

कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवालाई पौडेलले आह्वान गर्नुभयो। पुस्तकले अरुलाई पनि विदेशबाट नेपालमा आएर केही गर्न उत्प्रेरणा मिल्ने बताउनुभयो।

2