Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बराहक्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माणमा जोड

बराहक्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माणमा जोड
A A+ A-

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

बिहीबार बृहत्तर बराहक्षेत्र विकास समिति चतराको कार्यालय निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले बराहक्षेत्रलाई धार्मिक तथा पर्यटकीय सर्किटको रूपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले धार्मिक महत्वलाई पर्यटनसँग जोडेर पूर्वाधार विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिने उल्लेख गरे। उनले धार्मिक र ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको समग्र विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वयको खाँचो रहेको बताए।

बराहक्षेत्रमा आयोजना हुने कुम्भ मेलासहितका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दा आर्थिक गतिविधि बढ्नुका साथै रोजगारीका अवसर सिर्जना हुने उनको भनाइ छ। यहाँको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वलाई संरक्षण गर्दै योजनाबद्ध रूपमा पर्यटन पूर्वाधार विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए।

2