Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

प्राकृतिक विपद्ले जीडीपीमा ६ प्रतिशत क्षति पुर्याएको उपाध्यक्ष भट्टको भनाइ

प्राकृतिक विपद्ले जीडीपीमा ६ प्रतिशत क्षति पुर्याएको उपाध्यक्ष भट्टको भनाइ
A A+ A-

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताएका छन्।

शुक्रबार आयोजित राष्ट्रिय वित्तीय साक्षरता कार्यक्रममा बोल्दै उनले हालैका प्राकृतिक विपद्बाट मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबरको आर्थिक क्षति भएको जानकारी दिएका हुन्।

भट्टका अनुसार, यसअघि भूकम्पबाहेकका प्राकृतिक विपद्बाट नेपालले हरेक वर्ष जीडीपीको करिब २ प्रतिशत बराबरको क्षति व्यहोर्दै आएको थियो। तर, पछिल्लो विपद्का कारण क्षतिको मात्रा उल्लेख्य रूपमा बढेको छ।

उनले भने, ‘हामीले हेर्ने हो भने भूकम्पबाहेकका अरू प्राकृतिक विपद्का कारणले नेपालमा हरेक वर्ष कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत हानि-नोक्सानी भइरहेको छ भन्ने हामीले हेर्ने गथ्र्यौं, तर पछिल्लो घटना हेर्दा र अहिलेसम्मको उपलब्ध तथ्यांकले चार सय अर्बको क्षति र नोक्सानी भएको देखाएको छ। यसले ६ प्रतिशत हानि-नोक्सानी भएको देखाउँछ।’

उपाध्यक्ष भट्टले प्राकृतिक विपद् तथा जलवायु परिवर्तनबाट उत्पन्न जोखिमलाई वित्तीय साक्षरतासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले वित्तीय सेवा प्रवाह र वित्तीय साक्षरता प्रवद्र्धनका कार्यक्रममा वातावरणीय जोखिम तथा जलवायु परिवर्तनका असरलाई समेटेर लक्षित वर्गसम्म पुर्‍याउनुपर्ने बताए।

विशेषगरी वित्तीय सेवाका लक्षित ग्राहक, पछाडि परेका क्षेत्र, समुदाय र महिला उद्यमीलाई समेत जलवायु परिवर्तन तथा विपद्जन्य जोखिमबारे जानकारी दिनुपर्ने उनको भनाइ छ। भट्टले भने, ‘वित्तीय साक्षरता प्रवद्र्धन गर्ने अथवा वित्तीय सेवा प्रवाह गर्ने यी सबै कुराहरूको अन्तरसम्बन्ध अब वातावरणीय जोखिम र जलवायु परिवर्तनबाट उत्पन्न दुष्परिणामसँग पनि जोड्नुपर्छ। वित्तीय सेवाका लक्षित ग्राहक र अझ पछाडि परेका क्षेत्र, समुदाय तथा महिला उद्यमीसम्म पनि यो विषय उत्तिकै जानकारीमूलक ढंगले अगाडि बढाउनुपर्छ।’

2