Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

कैलाली भन्सारद्वारा ११ महिनामा ७ अर्ब ८१ करोड राजस्व संकलन

कैलाली भन्सारद्वारा ११ महिनामा ७ अर्ब ८१ करोड राजस्व संकलन
A A+ A-

कैलाली – कैलाली भन्सार कार्यालयले ११ महिनामा ७ अर्ब ८१ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम संकलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८९ करोड ६३ लाख रुपैयाँ, मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब ९१ करोड ७५ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ १९ करोड ५१ लाख र अन्यतर्फ एक अर्ब ८० करोड ३९ लाख रुपैयाँ संकलन गरेको छ ।

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६९.९९ प्रतिशत छ । चालु आवको साउनमा ५७ करोड ५० लाख रुपैयाँ, भदौमा ५३ करोड ८४ लाख रुपैयाँ, असोजमा ६७ करोड २४ लाख रुपैयाँ, कात्तिकमा ६२ करोड ७८ लाख रुपैयाँ, मङ्सिरमा ८१ करोड १३ लाख र पुसमा ६५ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यसैगरी माघमा ७३ करोड दुई लाख रुपैयाँ, फागुनमा ७२ करोड ७६ लाख रुपैयाँ, चैतमा ७८ करोड ८० लाख रुपैयाँ, वैशाखमा ८१ करोड ८० लाख र जेठमा ८७ करोड १३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

बढी राजस्व संकलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयातमा कमी हुनु तथा यस्तै विविध कारणले राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको सूचना अधिकारी अर्यालले बताए।

गत आवमा ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७ अर्ब ९१ करोड ८० लाख रुपैयाँ मात्र संकलन भएको थियो ।

2