Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

वैदेशिक रोजगारीमा जाने आठ लाख नाघ्ने

वैदेशिक रोजगारीमा जाने आठ लाख नाघ्ने
अ+ अ-

काठमाडौँ- पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ । पछिल्लो दुई वर्षको हेर्दा चालु आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ लाख नाघ्ने देखिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म सात लाख ६० हजार ३९१ जनाले श्रम स्वीकृति लिएका छन् । गत आव २०८०/८१ मा सात लाख ४१ हजारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । जुन सङ्ख्या गत आवको भन्दा चालु आवको ११ महिनामा नौ हजारले बढी हो ।

गएको जेठसम्म प्रतिमहिना औसतमा ६९ हजार १२६ र प्रतिदिन दुई हजार ३०४ जनाले स्वीकृति लिएको देखिएको छ । श्रम स्वीकृति लिनेको सङ्ख्या आगामी दिनमा पनि यही अनुसार हुने हो भने वर्षभरिमा आठ लाख ३० हजार नेपाली श्रम स्वीकृति लिएर विदेश पुग्ने देखिन्छ ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले चालु आवको ११ महिनासम्म वैदेशिक रोजगारीका लागि सात लाख ६० हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिएको जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको साउनदेखि जेठसम्म वैदेशिक रोजगारीमा जान छ लाख ९७ हजार युवाले श्रम स्वीकृति लिएका थिए । जुन गत आवको ११ महिनाको तुलनामा चालु आवको ११ महिलामा श्रम स्वीकृति लिनेको सङ्ख्या ६३ हजारले बढी हो ।

युएई पहिलो श्रम गन्तव्य

चालु आवको ११ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । विभागका अनुसार सो अवधिमा सात लाख ६० हजार ३९१ जनाले श्रम स्वीकृति लिएकामा युएईका लागि करिब दुई लाख छन् । युएई अघिल्लो वर्षदेखि लगातार नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश भएको छ ।

यस अवधिमा नेपालीको दोस्रो र तेस्रो श्रम गन्तव्य देश क्रमशः साउदी अरब र कतार रहेका छन् । अघिल्लो वर्ष दोस्रो श्रम गन्तव्य देशमा कतार र तेस्रो साउदी अरब थिए । दुई वर्षअघिको पहिलो श्रम गन्तव्य देश रहेको मलेसिया यस अवधिमा भने सातौँ स्थानमा छ । चौथो स्थानमा कुवेत रहेको छ भने पाँचौँ र छैटौँ स्थानमा क्रमशः जापान र बहराइन रहेको विभागले जनाएको छ ।

विभागका अनुसार यो वर्ष असोजबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५५ हजार नाघेको छ । असोजमा नेपालीको चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या कम देखिएको हो ।

विभागका महानिर्देशक भट्टराईले गत वर्षदेखि लगातार युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । पछिल्ला वर्षमा युएईमा पर्यटन, उत्पादन र सेवासम्बन्धी रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकका लागि नयाँ नयाँ अवसर सिर्जना गरेसँगै युएईमा नेपाली श्रमिकको माग बढेको उहाँको भनाइ छ ।

विप्रेषण साढे तेह्र खर्बभन्दा बढी

विदेश गएका नेपालीले पठाएको रकम (विप्रेषण) केही वर्षयता निरन्तर उकालो लागिरहेको छ । सोही क्रममा चालु आवको १० महिनामा विप्रेषणमार्फत १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ नेपाल भित्रिएको छ । गत आवको सोही अवधिको तुलनामा यो १३.२ प्रतिशतको बढी हो । गत आवको वैशाखसम्ममा पनि विप्रेषण १६.९ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैङ्कले गएको साता सार्वजनिक गरेको प्रतिवेदन अनुसार गएको वैशाखमा मात्र एक खर्ब ६५ अर्ब ३० करोड रुपियाँ विप्रेषण नेपाल भित्रिएको छ । मासिक रूपमा तुलना गर्दा वैशाखमा भित्रिएको विप्रेषण हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि धेरै विप्रेषण गत फागुनमा एक खर्ब ५१ अर्ब र असोजमा एक खर्ब ४४ अर्ब रुपियाँ भित्रिएको थियो ।

2