Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

‘कृषकले माग गरेअनुसारको रासायनिक मल उपलब्ध गराउन सकिएको छैन’

‘कृषकले माग गरेअनुसारको रासायनिक मल उपलब्ध गराउन सकिएको छैन’
A A+ A-

काभ्रेपलाञ्चोक- काभ्रेको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ । यसकारण जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ । खाद्यान्न र तरकारीका लागि प्रख्याती कमाएको यहाँका कृषकले यस वर्ष पनि रासायनिक मलको अभाव भोग्न बाध्य भएका छन् ।

कृषकले यतिबेला मकैलगायतको खाद्यान्न तथा सागसब्जीका लागि आवश्यक पर्ने रासायनिक मल नपाउँदा कृषक मर्कामा परेका छन् । मकै बालीका लागि युरिया मलको माग बढी गरिरहेको बेला सरकारले कृषकको मागअनुसार युरिया मल उपलब्ध गराउन सकेको छैन । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले सहकारीमार्फत कृषकका लागि कोटा प्रणालीमा रासायनिक मल उपलब्ध गराउँदै आएपनि त्यो पर्याप्त भने देखिँदैन ।

कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलका प्रमुख योगेन्द्रकुमार पराजुलीका अनुसार संस्थामा कृषकले तत्काललाई मकैलगायतका बालीका लागि युरिया मलको माग धेरै गरेकोले माग पूरा गराउन सक्ने अवस्था छैन । “प्रदेश सरकारले पाउने रासायनिक मलको कोटाबाट काभ्रेले १७ दशमलव पाँच प्रतिशत मात्रै पाइन्छ, हरेक वर्ष कार्यालयले कृषकले माग गरेअनुसारको रासायनिक मल उपलब्ध गराउन सकिएको छैन र र यस वर्ष पनि सकिँदैन”, उहाँले भन्नुभयो ।

काभ्रे नेपालमै सबैभन्दा बढी रासायनिक मल खपत गर्ने जिल्लाका रुपमा रहेको जनाउँदै कार्यालय प्रमुख पराजुलीले कोटा प्रणाली लागू गर्दा त्यसको मूल्याङ्कन नगरी कम कोटा निर्धारण गरिएकाले बर्सेनि यस्तो झेल्दै आउनुपरेको बताउनुहुन्छ । उहाँका अनुसार चालु आर्थिक वर्षका लागि कार्यालयले आठ हजार ८०० मेट्रिक टन युरिया, छ हजार ५० मेट्रिक टन डिएपी र ४४० मेट्रिक टन पोटास मल गरी कूल १३ हजार ९०० मेट्रिक टन मलको कार्यक्रम पेस गरे पनि केन्द्रबाट नौ हजार मेट्रिक टन मात्रै स्वीकृत गरेको बताउनुभयो । उहाँले चालु आवको हालसम्म कृषि सामग्री कम्पनीमा छ हजार २१ मेट्रिक टन युरिया, तीन हजार ३९ मेट्रिक टन डिएपी र २७४ दशमलव ७५ मेट्रिक टन पोटास मल प्राप्त गरेको जानकारी दिनुभयो ।

कम्पनीमा आएको रासायनिक मलमध्ये काभ्रेमा पाँच हजार ७०४ मेट्रिक टन युरिया, दुई हजार ८७८ मेट्रिक टन डिएपी र २६० मेट्रिक टन पोटास मल जिल्लाका १३ वटा स्थानीय तहमा वितरण गरिएको जनाइएको छ । चालु आवका लागि निर्धारण गरिएको कोटाअन्तर्गत करिब ५०० मेट्रिक टन डिएपी मल आउन बाँकी छ । यस्तै कोटाको युरिया मल भने असारको दोस्रो सातातिर आइपुग्ने कम्पनीले जनाएको छ । पराजुलीले तत्कालका लागि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका लागि करिब एक हजार ५०० मेट्रिक टन युरिया मलको आवश्यकता रहेको बताउनुभयो । उहाँका अनुसार विसं २०७७ देखि कोटा प्रणाली लागू भएपछि काभ्रेपलाञ्चोकमा सरदर ४० प्रतिशत मल आयात कम हो ।

कार्यालयको तथ्याङ्कअनुसार आव २०६९/७० मानै कम्पनीमार्फत जिल्लामा १९ हजार ७४८ मेट्रिक टन रासायनिक मल खपत हुने गरेको थियो । त्यतिबेला काभ्रे र सिन्धुपाल्चोकमा १४ हजार ६०३ मेट्रिक टन युरिया, डिएपी पाँच हजार ७३ र पोटास ७२ दशमलव पाँच मेट्रिक टन खपत भएको थियो । कम्पनीले आगामी आवका लागि दश हजार पाँच सय मेट्रिक टन युरिया, आठ हजार पाँच सय टन डिएपी र पाँच सय टन पोटास गरी १९ हजार पाँच सय मेट्रिक टनको कार्यक्रम बनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन बनेपाका शाखा प्रमुख ईश्वर आचार्यले भने कार्यालयमा युरिया मलको अत्यधिक माग रहेको बताउनुहुन्छ । उहाँका अनुसार हालका दिनमा दैनिक २० भन्दा बढी सहकारी संस्थाले युरिया मलको माग धेरै गर्छन् । संस्थाले पाँच सयभन्दा बढी सहकारीलाई युरिया मल जति दिए पनि लैजानेसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

कृषकले रु एक हजार मूल्य पर्ने युरिया मल विचौलियासँग रु दुई हजार ३०० देखि रु दुई हजार ५०० सम्म तिरेर मल किन्न बाध्य भएका जनाइएको छ । “पहिला बनेपा र धुलिखेलमा महँगोमा मल किन्न पाइन्थ्यो, अहिले पाँचखालमै महँगोमा मल पाइन्छ, यसको अनुगमन/निरीक्षण गरेको पाइँदैन”, पाँचखालका एक अगुवा कृषकले भने । उनीहरु ‘ब्ल्याक’मा बेच्ने मल आयातबारे सरकारले चासो दिनुपर्ने माग गरिरहेका छन् ।

2