udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

डब्लूडब्लूई : रिङबाट विश्वव्यापी मनोरञ्जन साम्राज्यसम्म

क्षेत्रीय रेस्लिङ प्रवर्द्धनबाट सुरु भएको डब्लूडब्लूईले टेलिभिजन, स्टार संस्कृति, लाइभ इभेन्ट र डिजिटल अधिकारलाई जोडेर विश्वव्यापी मनोरञ्जन व्यवसाय निर्माण गर्‍यो।

डब्लूडब्लूई : रिङबाट विश्वव्यापी मनोरञ्जन साम्राज्यसम्म
A A+ A-

विश्वका सयौँ देशमा करोडौँ दर्शकका लागि रेस्लिङ अब केवल दुई खेलाडीबीच रिङमा हुने भिडन्त होइन।

सोमबार राति ‘रअ’, शुक्रबार ‘स्म्याकडाउन’ र वर्षभरि हुने ठूला प्रिमियम लाइभ इभेन्टमार्फत डब्लूडब्लूईले खेलकुद, नाटक, संगीत, अभिनय, सेलिब्रिटी संस्कृति र व्यापारलाई एउटै मनोरञ्जन उत्पादनमा जोडेको छ।

रिङमा प्रवेश गर्ने पहलवानको पहिरनदेखि उसको प्रवेश संगीत, संवाद, प्रतिद्वन्द्वी, कथा, दर्शकको प्रतिक्रिया र अन्तिम नतिजासम्म हरेक पक्षलाई एउटा ठूलो मनोरञ्जन कथाको हिस्सा बनाइन्छ।

यही संरचनाले डब्लूडब्लूईलाई परम्परागत खेलकुद संस्थाभन्दा फरक व्यवसाय बनाएको छ।

आज डब्लूडब्लूई विश्वव्यापी मनोरञ्जन उद्योगको परिचित ब्रान्ड हो, तर यसको सुरुआत यस्तो विशाल संरचनाबाट भएको थिएन।

यसको जरा अमेरिकाको क्षेत्रीय रेस्लिङ व्यवसायमा थियो, जहाँ स्थानीय प्रवर्द्धकले निश्चित भूगोलमा कार्यक्रम सञ्चालन गर्थे र टेलिभिजनको सीमित पहुँचका कारण एउटै कम्पनीका लागि देशव्यापी बजार बनाउनु अत्यन्त कठिन थियो।

त्यही संरचनाभित्र म्याकम्यान परिवारले तीन पुस्तासम्म रेस्लिङ व्यवसायलाई अगाडि बढायो। अन्ततः भिन्स म्याकम्यान जुनियरले पारिवारिक व्यवसायलाई क्षेत्रीय सीमाबाट बाहिर निकालेर राष्ट्रिय र पछि विश्वव्यापी मनोरञ्जन ब्रान्डमा रूपान्तरण गरे।

क्षेत्रीय रिङबाट सुरु भएको व्यवसाय

डब्लूडब्लूईको इतिहास बुझ्न यसको पुरानो संरचना बुझ्नुपर्छ। सन् १९५० र १९६० को दशकतिर अमेरिकाको व्यावसायिक रेस्लिङ धेरै क्षेत्रीय प्रवर्द्धकमा विभाजित थियो।

नेसनल रेस्लिङ एलायन्स अर्थात् एनडब्लूए वरिपरि बनेको प्रणालीमा विभिन्न क्षेत्रका प्रवर्द्धकले आफ्नो बजार सुरक्षित राख्थे। एउटा क्षेत्रको प्रवर्द्धक अर्को क्षेत्रभित्र प्रवेश गरेर नियमित कार्यक्रम सञ्चालन नगर्ने अनौपचारिक सहमति थियो।

त्यसैले रेस्लिङको व्यवसाय ठूलो राष्ट्रिय बजारभन्दा बढी स्थानीय दर्शक, स्थानीय टेलिभिजन र स्थानीय हलमा निर्भर थियो।

म्याकम्यान परिवार यही व्यवसायिक संरचनाभित्र स्थापित भएको थियो। भिन्सेन्ट जे. म्याकम्यान, जसलाई भिन्स सिनियरका रूपमा चिनिन्थ्यो, आफ्ना पिता जेस म्याकम्यानबाट व्यवसायिक रेस्लिङको काम सिकेका थिए।

उनले टुट्स मोन्ड्टसँग मिलेर क्यापिटल रेस्लिङ कर्पोरेसनलाई उत्तरपूर्वी अमेरिकामा विस्तार गरे।

सन् १९६३ मा क्यापिटल रेस्लिङ कर्पोरेसन एनडब्लूएबाट अलग भएपछि वर्ल्ड वाइड रेस्लिङ फेडरेसन अर्थात् डब्लूडब्लूएफको औपचारिक जन्म भयो।

नाममा ‘वर्ल्ड वाइड’ भए पनि त्यस समयको डब्लूडब्लूएफ आजको अर्थमा विश्वव्यापी कम्पनी थिएन। यसको मुख्य बजार अमेरिकाको उत्तरपूर्वी क्षेत्र थियो।

म्याडिसन स्क्वायर गार्डेनजस्ता प्रतिष्ठित स्थलमा कार्यक्रम सञ्चालन गर्ने र ब्रुनो साम्मार्टिनोजस्ता लोकप्रिय स्टारलाई केन्द्रमा राख्ने रणनीतिले कम्पनीलाई आफ्नो क्षेत्रमा बलियो बनायो। तर राष्ट्रिय बजारमा विस्तार गर्ने संरचना अझै बनेको थिएन।

यही क्षेत्रीय संरचना पछि डब्लूडब्लूईको सबैभन्दा ठूलो व्यवसायिक चुनौती पनि बन्यो। कुनै एउटा प्रवर्द्धकले राष्ट्रिय रूपमा विस्तार गर्न खोज्दा अन्य क्षेत्रीय प्रवर्द्धकसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्थ्यो।

टेलिभिजन प्रसारण सीमित थियो, यात्रा र उत्पादन लागत उच्च थियो र एउटा क्षेत्रमा लोकप्रिय भएको स्टारलाई अर्को क्षेत्रमा पुर्‍याउनु आफैँमा ठूलो व्यवस्थापकीय काम थियो।

भिन्स म्याकम्यानको जोखिमपूर्ण दाउ

भिन्स म्याकम्यान जुनियरले आफ्ना पिताको कम्पनीमा रिङ अनाउन्सर र कमेन्टेटरका रूपमा काम गर्दै व्यवसायका कमजोरी नजिकबाट देखेका थिए। उनको दृष्टि भने क्षेत्रीय सीमामा अडिएको थिएन।

उनी रेस्लिङलाई स्थानीय खेल वा प्रदर्शनका रूपमा मात्र होइन, टेलिभिजनमार्फत देशभर पुर्‍याउन सकिने मनोरञ्जन उत्पादनका रूपमा हेर्थे।

सन् १९८० मा भिन्स र लिन्डा म्याकम्यानले टाइटन स्पोर्ट्स स्थापना गरे। त्यसपछि सन् १९८२ मा भिन्सले आफ्ना पिताबाट क्यापिटल रेस्लिङ कर्पोरेसन खरिद गरे।

यही क्षणलाई आधुनिक डब्लूडब्लूईको वास्तविक सुरुआतका रूपमा हेरिन्छ।

डब्लूडब्लूईको आफ्नै इतिहासअनुसार भिन्सले पारिवारिक व्यवसाय खरिद गरेपछि कम्पनीलाई राष्ट्रिय शक्तिमा रूपान्तरण गर्ने अभियान सुरु गरेका थिए।

भिन्सको रणनीति पुरानो क्षेत्रीय प्रणालीको ठीक विपरीत थियो। उनले अन्य क्षेत्रमा पनि कार्यक्रम सञ्चालन गर्न थाले, प्रतिस्पर्धी प्रवर्द्धनका चर्चित पहलवानलाई आकर्षक पारिश्रमिकमा आफ्नो कम्पनीमा ल्याए र टेलिभिजन कार्यक्रमलाई विभिन्न बजारमा पुर्‍याउन थाले।

यसले डब्लूडब्लूएफलाई तीव्र गतिमा फैलायो, तर यससँगै जोखिम पनि बढ्दै गयो। बढी स्टार, बढी कार्यक्रम, बढी यात्रा र बढी प्रचारको अर्थ बढी लागत थियो।

कम्पनीले राष्ट्रिय बजारमा आफ्नो स्थान स्थापित गर्न असफल भएको भए यो विस्तार रणनीति उल्टै आर्थिक संकटमा परिणत हुन सक्थ्यो।

तर भिन्सले रेस्लिङको एउटा पुरानो कमजोरीलाई नै अवसरमा बदले। उनले रिङमा हुने भिडन्तलाई मात्र बेचेनन्, त्यससँग जोडिएको कथा, पात्र र सेलिब्रिटीलाई समेत बेच्न थाले।

रेसलमेनियाले बदलेको खेल

३१ मार्च १९८५ मा न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा पहिलो रेसलमेनिया आयोजना भयो।

आज विश्व रेस्लिङको सबैभन्दा ठूलो वार्षिक कार्यक्रमका रूपमा स्थापित रेसलमेनियाको पहिलो संस्करण आफैँमा ठूलो व्यवसायिक जोखिम थियो।

मुख्य कार्यक्रममा हल्क होगन र मिस्टर टीले रोडी पाइपर र पल अर्नडोर्फको सामना गरेका थिए भने सिन्डी लपर र मोहम्मद अलीजस्ता चर्चित व्यक्तित्व पनि कार्यक्रममा जोडिएका थिए।

यसको महत्व एउटा रेस्लिङ कार्यक्रम सफल भयो भन्नेभन्दा धेरै ठूलो थियो। भिन्स म्याकम्यानले रेस्लिङलाई आफ्नै सीमित दर्शकबाट बाहिर निकालेर आम मनोरञ्जनको हिस्सा बनाउन खोजेका थिए।

संगीत, सेलिब्रिटी, टेलिभिजन र रेस्लिङलाई एउटै कार्यक्रममा जोड्ने प्रयोगले त्यस समयको परम्परागत रेस्लिङ व्यवसायको सीमा तोड्यो।

यही अवधिमा ‘रक एन्ड रेस्लिङ कनेक्सन’ले डब्लूडब्लूएफलाई संगीत र पप कल्चरसँग जोड्यो। एमटीभीसँगको सहकार्य र सिन्डी लपरजस्ता पप स्टारको सहभागिताले रेस्लिङलाई नयाँ पुस्तासम्म पुर्‍यायो।

हल्क होगन कम्पनीको मुख्य अनुहार बने र उनको व्यक्तित्व रेस्लिङ रिङभन्दा बाहिर पनि फैलियो।

डब्लूडब्लूएफले यहाँ एउटा महत्वपूर्ण व्यवसायिक सिद्धान्त स्थापित गर्‍यो। दर्शकलाई केवल खेल देखाएर राख्ने होइन, उनीहरूलाई पात्रसँग भावनात्मक रूपमा जोड्ने। यही मोडल पछि डब्लूडब्लूईको सबैभन्दा ठूलो सम्पत्ति बन्यो।

हल्क होगनदेखि ‘एटिट्युड एरा’सम्म

१९८० को दशकमा हल्क होगनको लोकप्रियता डब्लूडब्लूएफको विस्तारको मुख्य आधार बन्यो। उनी पहलवान मात्र रहेनन्, कम्पनीको ब्रान्ड अनुहार बने।

उनको पहिरन, प्रवेश शैली, संवाद र व्यक्तित्वलाई व्यापारिक उत्पादनमा रूपान्तरण गरियो।

टी–सर्ट, खेलौना, भिडियो सामग्री, पत्रिका र टेलिभिजन कार्यक्रममार्फत एउटै स्टारबाट धेरै प्रकारको आम्दानी सिर्जना गर्न सकिने मोडल विकसित भयो।

तर १९९० को दशकमा डब्लूडब्लूएफले फेरि ठूलो चुनौती सामना गर्‍यो। टेड टर्नरको स्वामित्वमा रहेको वर्ल्ड च्याम्पियनसिप रेस्लिङ अर्थात् डब्लूसीडब्लूले रेस्लिङ बजारमा ठूलो प्रतिस्पर्धा सिर्जना गर्‍यो।

सन् १९९५ मा डब्लूसीडब्लूले ‘नाइट्रो’ सुरु गरेपछि डब्लूडब्लूएफको ‘रअ’सँग प्रत्यक्ष टेलिभिजन प्रतिस्पर्धा भयो। हल्क होगनलगायत चर्चित नाम डब्लूसीडब्लूमा पुगेपछि प्रतिस्पर्धा अझ तीव्र भयो।

यो समय ‘मन्डे नाइट वार्स’का रूपमा चर्चित भयो। दर्शक रेटिङका लागि भएको प्रतिस्पर्धाले दुवै कम्पनीलाई नयाँ कथा, नयाँ पात्र र नयाँ प्रस्तुति खोज्न बाध्य बनायो। डब्लूडब्लूएफका लागि यो अस्तित्वको लडाइँ थियो।

भिन्स म्याकम्यानले यही दबाबलाई सामग्री परिवर्तनको आधार बनाए। पारिवारिक दर्शकलाई केन्द्रमा राखेको पुरानो शैलीबाट कम्पनी क्रमशः बढी आक्रामक, विद्रोही र वयस्क दर्शक लक्षित प्रस्तुतितर्फ गयो।

स्टोन कोल्ड स्टिभ अस्टिन, द रक, मिक फोली र ट्रिपल एचजस्ता पात्रको उदय भयो। भिन्स आफैँ पनि कथाभित्र शक्तिशाली मालिकका रूपमा प्रवेश गरे। यसबाट जन्मिएको ‘एटिट्युड एरा’ डब्लूडब्लूईको सबैभन्दा प्रभावशाली सांस्कृतिक चरणमध्ये एक बन्यो।

प्रतिस्पर्धी नै खरिद गरेपछि बदलिएको बजार

डब्लूडब्लूएफ र डब्लूसीडब्लूबीचको प्रतिस्पर्धाको अन्त्य सन् २००१ मा भयो, जब डब्लूडब्लूएफले डब्लूसीडब्लूको सम्पत्ति खरिद गर्‍यो। यससँगै दशकौँसम्म विभाजित अमेरिकी व्यावसायिक रेस्लिङ बजारमा डब्लूडब्लूएफको प्रभाव असाधारण रूपमा बढ्यो।

यो खरिद केवल प्रतिस्पर्धी कम्पनी समाप्त भएको घटना थिएन। यसले डब्लूडब्लूएफलाई प्रतिस्पर्धी कम्पनीमा रहेका स्टार, भिडियो अभिलेख, बौद्धिक सम्पत्ति र ऐतिहासिक सामग्रीमाथि पनि नियन्त्रण दियो।

रेस्लिङको इतिहासमा विभिन्न पुस्ताका स्टार र कथालाई एउटै संस्थाभित्र समेट्ने क्षमता कम्पनीसँग आयो।

सन् २००२ मा कानुनी विवादका कारण कम्पनीले वर्ल्ड रेस्लिङ फेडरेसनको नाम परिवर्तन गरी वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट अर्थात् डब्लूडब्लूई राख्यो।

नाम परिवर्तनले एउटा कुरा पनि स्पष्ट गर्‍यो, कम्पनी अब आफूलाई परम्परागत खेलकुद संस्थाभन्दा मनोरञ्जन व्यवसायका रूपमा प्रस्तुत गरिरहेको थियो।

टिकटबाट मिडिया अधिकारसम्मको व्यवसाय

डब्लूडब्लूईको प्रारम्भिक व्यवसाय मुख्यतः टिकट बिक्री, स्थानीय कार्यक्रम र टेलिभिजन सिन्डिकेसनमा निर्भर थियो। कम्पनी ठूलो हुँदै गएपछि यसको आम्दानीको संरचना पनि परिवर्तन भयो।

टेलिभिजन तथा मिडिया अधिकार, लाइभ इभेन्ट, प्रायोजन, उपभोक्ता उत्पादन तथा बौद्धिक सम्पत्तिको अनुमतिबाट हुने आम्दानी क्रमशः महत्वपूर्ण बन्दै गए।

टीकेओको वित्तीय विवरणअनुसार डब्लूडब्लूईको व्यवसायिक आम्दानीका प्रमुख आधारमा मिडिया अधिकार तथा सामग्री शुल्क, लाइभ इभेन्ट र स्थल शुल्क, प्रायोजन तथा विज्ञापन र उपभोक्ता उत्पादन अनुमतिबाट हुने आम्दानी पर्छन्।

सन् २०२३ को सेप्टेम्बरमा टीकेओ बनेपछि डब्लूडब्लूई र यूएफसी एउटै सार्वजनिक कम्पनीअन्तर्गत आए।

यसले डब्लूडब्लूईको व्यवसायलाई टिकट बेच्ने कम्पनीबाट सामग्री अधिकार बेच्ने कम्पनीमा रूपान्तरण गरेको छ।

एउटा कार्यक्रम आयोजना गरेर टिकट बिक्री गर्नु एउटा आम्दानी हो, तर त्यही कार्यक्रमलाई टेलिभिजन, स्ट्रिमिङ, सामाजिक सञ्जाल, प्रायोजन, खेलौना, कपडा र अन्य सामग्रीमा विस्तार गर्न सक्नु धेरै ठूलो व्यवसायिक अवसर हो।

डब्लूडब्लूईले यही मोडललाई वर्षौँसम्म विस्तार गर्‍यो।

नेटफ्लिक्स युगमा प्रवेश

डब्लूडब्लूईको आधुनिक इतिहासमा अर्को ठूलो मोड डिजिटल स्ट्रिमिङ हो। जनवरी २०२४ मा डब्लूडब्लूई र नेटफ्लिक्सले दीर्घकालीन सम्झौता घोषणा गरे, जसअन्तर्गत ‘रअ’ जनवरी २०२५ देखि नेटफ्लिक्समा प्रसारण हुन थाल्यो।

अमेरिकाबाहेक धेरै अन्तर्राष्ट्रिय बजारमा रअ, स्म्याकडाउन, एनएक्सटी तथा प्रिमियम लाइभ इभेन्टहरू पनि नेटफ्लिक्सको संरचनामा पुगे।

यो परिवर्तन परम्परागत टेलिभिजनबाट डिजिटल वितरणतर्फको ठूलो मोड हो। ३१ वर्षसम्म परम्परागत टेलिभिजनमा प्रसारित हुँदै आएको ‘रअ’ नेटफ्लिक्समा पुगेपछि डब्लूडब्लूईको दर्शक पहुँच र सामग्री वितरणको ढाँचा नै परिवर्तन भयो।

नेटफ्लिक्समा रअको पहिलो प्रसारणले पनि डिजिटल प्लेटफर्मको सम्भावना देखायो।

जनवरी २०२५ को पहिलो कार्यक्रमले विश्वभर ४.९ मिलियन लाइभ प्लस एक दिनका दृश्य प्राप्त गरेको नेटफ्लिक्स र डब्लूडब्लूईले जनाएको थियो।

अमेरिकामा त्यसको औसत २.६ मिलियन घरपरिवारको प्रत्यक्ष तथा सोही दिनको दर्शक संख्या रहेको थियो, जुन २०२४ को औसत १.२ मिलियन घरपरिवारभन्दा ११६ प्रतिशत बढी थियो।

डब्लूडब्लूईका लागि यो केवल नयाँ प्रसारण सम्झौता होइन। यसले कम्पनीको सामग्री विश्वका डिजिटल दर्शकसम्म पुग्ने तरिका परिवर्तन गरेको छ।

स्टार नै सबैभन्दा ठूलो सम्पत्ति

डब्लूडब्लूईको व्यापारिक मोडलको केन्द्रमा भने अझै पनि रेस्लर नै छन्। कुनै पनि कथा, कार्यक्रम वा डिजिटल रणनीतिको सफलताको आधार दर्शकले पात्रसँग बनाउने सम्बन्ध हो।

यही कारण डब्लूडब्लूईले आफ्ना स्टारलाई खेलाडीका रूपमा मात्र होइन, मनोरञ्जन ब्रान्डका रूपमा विकास गर्दै आएको छ।

हल्क होगनले १९८० को दशकमा कम्पनीलाई राष्ट्रिय बजारमा पुर्‍याउन सहयोग गरे। स्टोन कोल्ड स्टिभ अस्टिनले एटिट्युड एरामा कम्पनीको पहिचान परिवर्तन गरे। द रकले रेस्लिङबाट हलिउडसम्मको यात्रा तय गरे।

जोन सिना पनि रिङको लोकप्रिय अनुहारबाट चलचित्र र टेलिभिजनका चर्चित कलाकार बने। डेभ बटिस्टाले पनि डब्लूडब्लूईबाट सुरु भएको आफ्नो करियरलाई हलिउडमा विस्तार गरे।

ड्वेन जोन्सनको उदाहरण विशेष रूपमा महत्वपूर्ण छ। ‘द रक’का रूपमा निर्माण भएको उनको व्यक्तित्व पछि हलिउड, विज्ञापन, डिजिटल माध्यम र अन्य व्यवसायसम्म विस्तार भयो।

यसले डब्लूडब्लूईका लागि एउटा नयाँ सम्भावना सिर्जना गर्‍यो, जहाँ रेस्लर स्वयं एउटा बहुक्षेत्रीय ब्रान्ड बन्न सक्छ।

यसरी डब्लूडब्लूईले प्रतिभालाई केवल रिङभित्र प्रयोग गरेन। उसले पात्र, संवाद, पहिरन, संगीत, सामाजिक सञ्जाल र अन्य माध्यममार्फत व्यक्तित्वलाई व्यापारिक सम्पत्तिमा बदल्ने संरचना बनायो।

रिङभन्दा बाहिर फैलिएको पप कल्चर

डब्लूडब्लूईको सबैभन्दा ठूलो प्रभाव यसको आर्थिक आकारमा मात्र मापन हुँदैन। यसले विश्वव्यापी पप कल्चरमा रेस्लिङका पात्र, संवाद, प्रवेश संगीत र दृश्य शैलीलाई स्थापित गर्‍यो।

रेसलमेनियाको भव्यता, स्टोन कोल्डको विद्रोही व्यक्तित्व, द रकका संवाद, अन्डरटेकरको प्रवेश शैली र विभिन्न पुस्ताका रेस्लरका विशिष्ट पात्रले डब्लूडब्लूईलाई सामान्य खेल कार्यक्रमभन्दा फरक बनाएका छन्। सामाजिक सञ्जालको विस्तारपछि यो प्रभाव झन् व्यापक भएको छ।

डब्लूडब्लूईका कार्यक्रमबाट सिर्जना भएका भिडियो क्लिप, संवाद र पात्रका सामग्रीहरू युट्युब, इन्स्टाग्राम, टिकटक र अन्य डिजिटल माध्यममा पुनःप्रसारित हुन्छन्।

यसले कम्पनीलाई एउटा कार्यक्रमबाट धेरैपटक सामग्री प्रयोग गर्ने अवसर दिएको छ।

रिङमा केही मिनेट चलेको एउटा दृश्य सामाजिक सञ्जालमा लाखौँपटक हेरिन सक्छ, त्यसपछि त्यही पात्रको व्यापारिक सामग्री बिक्री हुन सक्छ र अन्ततः त्यही कथा अर्को प्रिमियम लाइभ इभेन्टको आधार बन्न सक्छ।

यही सामग्री पुनःप्रयोग गर्ने क्षमताले डब्लूडब्लूईको व्यवसायलाई परम्परागत टिकट बिक्रीभन्दा धेरै माथि पुर्‍याएको छ।

पारिवारिक कम्पनीबाट टीकेओसम्म

डब्लूडब्लूईको संस्थागत इतिहासमा सबैभन्दा ठूलो परिवर्तन सन् २०२३ मा आयो। एन्डेभरको नेतृत्वमा यूएफसी र डब्लूडब्लूईलाई एउटै सार्वजनिक कम्पनीअन्तर्गत गाभेर टीकेओ ग्रुप होल्डिङ्स गठन गरियो। कारोबार १२ सेप्टेम्बर २०२३ मा पूरा भएको थियो।

यससँगै डब्लूडब्लूई म्याकम्यान परिवारको नियन्त्रणमा रहेको पारिवारिक व्यवसायबाट ठूलो सार्वजनिक मनोरञ्जन समूहको हिस्सा बन्यो।

यूएफसी र डब्लूडब्लूईबीचको संयोजनले एउटै संस्थाभित्र दुई फरक प्रकारका लडाइँ तथा खेलकुद मनोरञ्जन ब्रान्ड ल्यायो।

डब्लूडब्लूईका लागि यसको अर्थ पूँजी, व्यावसायिक साझेदारी, प्रायोजन र विश्वव्यापी वितरणमा थप विस्तारको सम्भावना हो।

यूएफसीको अन्तर्राष्ट्रिय बजार र डब्लूडब्लूईको चरित्र तथा कथामा आधारित मनोरञ्जनबीचको संयोजनले टीकेओलाई खेलकुद तथा मनोरञ्जन उद्योगमा फराकिलो संरचना दिएको छ।

ट्रिपल एचको रचनात्मक युग

भिन्स म्याकम्यानको लामो नेतृत्वपछि डब्लूडब्लूईको रचनात्मक पक्षमा पाउल ‘ट्रिपल एच’ लेभेस्कको प्रभाव बढ्यो। पूर्व रेस्लरसमेत रहेका लेभेस्क डब्लूडब्लूईका मुख्य सामग्री तथा रचनात्मक नेतृत्वमा छन्।

यस चरणमा कम्पनीले नयाँ पुस्ताका रेस्लरलाई अघि बढाउने, लामो समयसम्म चल्ने कथा निर्माण गर्ने र सामाजिक सञ्जाल तथा डिजिटल दर्शकलाई ध्यानमा राख्ने रणनीति अघि बढाएको छ।

रोमन रेन्स, कोडी रोड्स, रिया रिप्ली, सेथ रोलिन्स, गुन्थरलगायतका पात्र कम्पनीको नयाँ पुस्ताको महत्वपूर्ण हिस्सा बनेका छन्।

डब्लूडब्लूईको व्यवसायमा यसको महत्व ठूलो छ। कुनै पनि मनोरञ्जन कम्पनीका लागि सबैभन्दा ठूलो जोखिम एउटा पुस्ताका स्टारमा अत्यधिक निर्भर हुनु हो।

डब्लूडब्लूईले विगतमा हल्क होगन, स्टोन कोल्ड, द रक र जोन सिनाजस्ता स्टारको माध्यमबाट ठूलो बजार निर्माण गरिसकेको छ। अब नयाँ पुस्तालाई त्यही स्तरको ब्रान्ड मूल्यमा विकास गर्नु कम्पनीको दीर्घकालीन चुनौती हो।

अर्को दशकको रेस्लिङ व्यवसाय

डब्लूडब्लूई अब केवल अमेरिकी टेलिभिजनमा निर्भर कम्पनी छैन। नेटफ्लिक्ससँगको साझेदारीले विश्वव्यापी डिजिटल वितरणको नयाँ आधार दिएको छ।

भारतमा समेत १ अप्रिल २०२५ देखि नेटफ्लिक्स डब्लूडब्लूईका मुख्य कार्यक्रम र प्रिमियम लाइभ इभेन्टको विशेष घर बनेको थियो। यसमा रअ, एनएक्सटी, स्म्याकडाउन र रेसलमेनियाजस्ता कार्यक्रम समावेश छन्।

यसले एसिया जस्तो विशाल दर्शक बजारमा डब्लूडब्लूईको डिजिटल पहुँच बढाउने अवसर दिएको छ। परम्परागत टेलिभिजनको समयतालिकाभन्दा स्ट्रिमिङ प्लेटफर्मले दर्शकलाई आफूअनुकूल समयमा सामग्री हेर्न सक्ने सुविधा दिन्छ।

साथै डिजिटल प्लेटफर्मसँग जोडिएको तथ्यांकले दर्शकको रुचि, सामग्रीको लोकप्रियता र विज्ञापन बजारबारे थप जानकारी दिन्छ।

भविष्यमा डब्लूडब्लूईको प्रतिस्पर्धा केवल अर्को रेस्लिङ कम्पनीसँग नहुन सक्छ। यसको प्रतिस्पर्धा नेटफ्लिक्स, युट्युब, सामाजिक सञ्जाल, अन्य खेलकुद लिग र डिजिटल मनोरञ्जन सामग्रीसँग पनि हुनेछ।

दर्शकको ध्यान प्राप्त गर्नु नै मुख्य व्यवसायिक प्रतिस्पर्धा बन्ने अवस्थामा डब्लूडब्लूईले आफ्ना पात्र, कथा र प्रत्यक्ष कार्यक्रमलाई अझ मूल्यवान बनाउनुपर्नेछ।

रिङमा देखिनेभन्दा ठूलो व्यापार

डब्लूडब्लूईको आठ दशकभन्दा लामो यात्रालाई हेर्दा यसको वास्तविक व्यवसाय रिङभित्रको भिडन्तमा मात्र छैन।

रिङमा देखिने केही मिनेटको प्रदर्शनको पछाडि टेलिभिजन अधिकार, स्ट्रिमिङ सम्झौता, टिकट, प्रायोजन, विज्ञापन, खेलौना, कपडा, भिडियो सामग्री, बौद्धिक सम्पत्ति, डिजिटल सामग्री र अन्तर्राष्ट्रिय कार्यक्रमको ठूलो आर्थिक संरचना छ।

म्याकम्यान परिवारले क्षेत्रीय रेस्लिङबाट सुरु गरेको व्यवसायले पहिले राष्ट्रिय टेलिभिजन बजार जित्यो। त्यसपछि रेसलमेनियामार्फत पप कल्चरमा प्रवेश गर्‍यो।

डब्लूसीडब्लूसँगको प्रतिस्पर्धाबाट गुज्रियो, प्रतिस्पर्धीलाई नै खरिद गर्‍यो र आफ्नो व्यवसायिक प्रभाव विस्तार गर्‍यो।

पछि डिजिटल युगमा टेलिभिजनभन्दा बाहिर सामग्री वितरण गर्ने संरचना बनायो र अन्ततः यूएफसीसँग एउटै सार्वजनिक कम्पनीमा जोडियो।

डब्लूडब्लूईको कथा त्यसैले केवल रेस्लिङको कथा होइन।

यो एउटा क्षेत्रीय मनोरञ्जन व्यवसायले कसरी आफ्नो उत्पादनलाई पात्र, कथा, टेलिभिजन, संगीत, सेलिब्रिटी, प्रत्यक्ष कार्यक्रम, डिजिटल प्रविधि र विश्वव्यापी वितरणसँग जोडेर बहु-अर्ब डलरको उद्योग निर्माण गर्छ भन्ने व्यवसायिक अध्ययन हो।

आज रिङमा प्रवेश गर्ने प्रत्येक स्टारसँग एउटा कथा हुन्छ, प्रत्येक कथासँग एउटा दर्शक हुन्छ र प्रत्येक दर्शकसँग जोडिएको एउटा व्यापारिक सम्भावना हुन्छ।

डब्लूडब्लूईले यही सम्बन्धलाई दशकौँसम्म व्यवस्थित गर्दै आएको छ। यही कारण एउटा समय स्थानीय हलमा सीमित रहेको अमेरिकी रेस्लिङ प्रवर्द्धन आज विश्वव्यापी पप कल्चरको हिस्सा बनेको छ।

सन् १९८२ मा भिन्स म्याकम्यानले पारिवारिक व्यवसाय खरिद गर्दा उनको अगाडि रहेको कम्पनी क्षेत्रीय रेस्लिङ प्रवर्द्धनभन्दा धेरै ठूलो थिएन।

चार दशकभन्दा बढी समयपछि त्यही व्यवसाय यूएफसीसँग जोडिएको सार्वजनिक कम्पनी टीकेओको हिस्सा बनेको छ र यसको सामग्री विश्वका प्रमुख डिजिटल प्लेटफर्ममा पुगेको छ।

डब्लूडब्लूईको सबैभन्दा ठूलो उपलब्धि यही रूपान्तरण हो। उसले रेस्लिङलाई मात्र विश्वव्यापी बनाएन, रेस्लिङलाई एउटा यस्तो मनोरञ्जन उत्पादनमा बदल्यो, जहाँ खेल, कथा, पात्र र व्यवसाय एउटै रिङमा भेटिन्छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action