udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालन

नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालन
फाइल फोटो ।
A A+ A-

कास्की। मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित चर्चित पर्यटकीयस्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यस सडक गत साउन २८ गतेदेखि अवरुद्ध भएको थियो। सडकको सोमबार साँझ प्रारम्भिक पुनर्निर्माण तथा मर्मत सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रुपमा यातायात सञ्चालन भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए।

उनका अनुसार मनसुनका समयमा मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण सडकको विभिन्न भागमा क्षति पुगेपछि अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ का बस्तीहरू सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद भएका थिए।

अन्नपूर्ण –८ स्थित बिरेठाँटी एबिसी र पुनहिल तथा घोडेपानीको प्रवेशद्वार हो। बिरेठाँटीमा मोदी खोलाको कटानले १०० मिटर पक्की सडक बगाएको थियो भने बिरेठाँटी बजार समेत जोखिममा परेकको थियो।

“मोदीको बाढीले बिरेठाँटीलगायतका क्षेत्रमा सडक कटान गर्दा ग्रामीण पर्यटनको केन्द्रका रुपमा स्थापित घान्द्रुक सडक सम्पर्कबाट विच्छेद भएको थियो। यसबाट विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर(एबिसी) जाने पर्यटक समेत समस्यामा परेका थिए भने स्थानीय जनजीवनसमेत प्रभावित बनेको थियो। अहिले पर्यटकीय मौसम सुरु हुन लागेको अवस्थामा सडकसमेत खुलेको छ।” अध्यक्ष केसीले भने।

अवरुद्ध सडक पुनर्निर्माण तथा मर्मतका लागि गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला विपद् व्यवस्थापन समिति, हाइड्रोपावर कम्पनी, सम्बन्धित निकाय तथा निर्माण व्यवसायी र प्राविधिक टोली परिचालन गरिएको थियो। बाढीले बगाएको स्थानमा ग्याविन जाली भर्ने, पहिरो तथा माटो हटाउने, सडक सम्याउने र यातायात सञ्चालन योग्य बनाइएको अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताए। उनका अनुसार सडक खुलेसँगै स्थानीयमा खुसी छाएको छ।

“लामो समय सडक अवरुद्ध हुँदा घान्द्रुकको जनजीवन प्रभावित बनेको थियो। पर्यटकीय क्षेत्रहरु सुनसान बनेका थिए। अब घान्द्रुक तथा एबिसी आउने बाटो खुल्यो। स्थानीय बासिन्दा, पर्यटक, व्यवसायी तथा सर्वसाधारणलाई आवागमनमा सहज भयो।” वडाध्यक्ष गुरुङले भने।

गाउँपालिकाले वर्षायाम अझै बाँकी रहेकाले सडक खण्डका विभिन्न स्थानमा वर्षा तथा पहिरोका कारण पुनः अवरोध आउन सक्ने सम्भावना रहेकाले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न र सडकको अवस्थाबारे आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action