Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता
A A+ A-

गण्डकी। पोखरा महानगरपालिकाले फिर्कखोलाको खोला घरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई पुनः ताकेता गरेको छ।

सोमबार अन्तिम पटकका लागि सार्वजनिक सूचना जारी गर्दै तोकिएको समय सीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले प्रचलित कानुनअनुसार हटाउने र सोबापतको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ।

यसअघि गत साउन २० गते सार्वजनिक सूचनामार्फत भदौ १५ गतेभित्र संरचना हटाउन निर्देशन दिइएकामा भोटेकोशी–त्रिशूली बाढीले निम्ताएको विपत्ति र वर्षायामका कारण संरचना हटाउन केही ढिलाइ भएको महानगरले जनाएको छ।

पोखरा–१८ को अँधेरी कुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैँले डोजर लगाएर हटाए पनि अन्य संरचना अझै यथावत छन्।

मौखिक प्रतिबद्धताअनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको जनाउँदै कबुल गरेबमोजिम संरचना हटाउन महानगरले पटक पटक ताकेता गर्दै आएको छ। समय उपलब्ध गराउँदासमेत हालसम्म प्रतिबद्धताबमोजिम संरचना नहटाइएकामा महानगरले आपत्ति जनाएको छ।

फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाएर पैदल मार्ग र साइकल लेनसहितको फिर्के खोला करिडोर निर्माण गर्ने महानगरको योजना छ। फिर्केखोलाको संरक्षण र विकास गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानमा हातेमालो गर्न महानगरले सबैमा आग्रहसमेत गरेको छ।

बढ्दो अतिक्रमण, प्रदूषण, फोहर मैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापरबाहीले फिर्केखोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएकामा संरक्षणकर्मीले चिन्ता व्यक्त गर्दै आएका छन्।

2