Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

पोखरामा सयपत्री पुष्प मेला सुरु

पोखरामा सयपत्री पुष्प मेला सुरु
A A+ A-

कास्की। पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन्। यही कात्तिक २३ गतेसम्म पोखरा रङ्गशालास्थित खेलमैदानमा सञ्चालन हुने मेलामा स्थानीय कृषकले उत्पादन गरेका सयपत्री फूलसहित विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीमा राखिनेछ। तिहारमा फूलको माग बढ्ने भएकाले मेलाले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्ने विश्वास गरिएको छ।

स्थानीय फूल उत्पादक कृषकलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरालाई पुष्पजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले पुष्प व्यवसायलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजार प्रवद्र्धनमा लाग्न कृषक र व्यवसायीलाई सुझाव दिए।

‘पोखरामा पुष्पजन्य उत्पादनको पर्याप्त सम्भावना छ। स्थानीय उत्पादन वृद्धि गर्दै फूलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्छ। उत्पादनको गुणस्तर कायम राख्दै बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक छ,’ नगर प्रमुख आचार्यले भने।

महानगरका अनुसार पोखरामा करिब २०० रोपनीमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन र कृषकको आम्दानी वृद्धि गर्न महानगरपालिकाले आवश्यक सहयोग गरेपछि कृषक व्यावसायिक पुष्पखेतीमा आकर्षित छन।

कार्यक्रममा पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषकलाई प्रोत्साहन गर्दै पुष्प व्यवसायीका लागि सुरक्षित र व्यवस्थित बजार सुनिश्चित गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताए।

उनले पोखरामा वार्षिक रु तीन करोड बराबरको फूलको कारोबार हुने अनुमान रहेको उल्लेख गर्दै यस व्यवसायले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना र कृषि उद्यमशीलतामा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए। पुष्प उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन कृषक तथा व्यवसायीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

मेलामा विभिन्न प्रजातिका गोदावरी, सयपत्रीलगायतका पुष्पजन्य उत्पादनको प्रदर्शनी, बिक्रीवितरण गरिने आयोजकले जनाएको छ। मेलाले पुष्प व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, कृषकलाई प्रोत्साहन तथा फूलप्रति आम नागरिकको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीले तिहार तथा छठ पर्वका अवसरमा सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउन मेला महत्वपूर्ण रहेको बताए। उनका अनुसार संस्थामा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी फूल उत्पादन र बिक्री वितरणमा आबद्ध छन्।

2