Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

लमजुङको मध्यनेपाल नगरपालिकाबाट करदाता सेवा सुरु

लमजुङको मध्यनेपाल नगरपालिकाबाट करदाता सेवा सुरु
A A+ A-

काठमाडौं। लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नो कार्यालयबाटै करदाता सेवा प्रवाह सुरु गरेको छ।

आन्तरिक राजस्व कार्यालय दमौली र नगरपालिकाबीच भएको समझदारीअनुसार स्थानीय तहबाटै यस्तो सेवा उपलब्ध गराउन थालिएको हो।

नगर प्रमुख रमेशकुमार पाण्डेका अनुसार अब नगरवासीले स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने, व्यवसायलाई आयकरमा दर्ता गर्ने, व्यवसायको कारोबार थप गर्ने, प्यान दर्तामा संशोधन गर्ने र दर्ता खारेज भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रूपान्तरण गर्ने सेवाहरू नगरपालिकाबाटै लिन सक्नेछन्।

यसअघि करदाताहरूले यी सेवाका लागि करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व कार्यालय दमौली नै पुग्नुपर्ने बाध्यता थियो।

नगरपालिकाले स्थानीय स्तरमै सेवा उपलब्ध गराएपछि सेवाग्राहीलाई सहज हुने जनाएको छ। नगरपालिकाले सेवा लिन आउने करदाताहरूलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

आन्तरिक राजस्व कार्यालय दमौली र मध्यनेपाल नगरपालिकाबीच भदौ ९ गते यसबारे समझदारीपत्रमा हस्ताक्षर भएको थियो। नगरपालिकाले आगामी दिनमा करसम्बन्धी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको जनाएको छ।

2