Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

‘विद्युत् ट्रिपिङबाट उद्योगी प्रताडित’

‘विद्युत् ट्रिपिङबाट उद्योगी प्रताडित’
A A+ A-

काठमाडौँ- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायी पर्याप्त विद्युत् उपलब्ध भइरहने अहिलेको समयमा पनि दैनिक कैयौँ पटक विद्युत् ट्रिपिङ हुँदा प्रताडित भएको बताएका छन् ।

नेपालमा उत्पादन हुने विद्युत् भारत तथा बङ्गलादेश निर्यातको चर्चा गरिहने तर स्वदेशी उद्योग व्यवसाय ट्रिपिङका कारण लामो समयसम्म हुने विद्युत् कटौतीको मार खेप्न बाध्य हुनु परेको उद्योग सङ्गठन मोरङले विज्ञप्तिमार्फत जनाएको छ ।

अध्यक्ष नन्दकिशोर राठीले दैनिक निरन्तर भइरहने ट्रिपिङले उद्योगको मिल मेसिनरीमा बिग्रन गएको, उत्पादनका क्रममा रहेको कच्चा पदार्थ खेर गएको, श्रमिकको काम नभई त्यसै राख्नु परेको, जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको बताउनुभयो ।

राठीले भन्नुभयो, “उद्योगी व्यवसायीको गुनासो सम्बन्धित निकायलाई बारम्बार सुनाउँदासमेत समस्या समाधानमा ठोस पहल नभएकामा हामी उद्योगी प्रताडित छौँ ।”

उहाँले वर्षायाम सुरु भएसँगै औद्योगिक कोरिडोरमा निरन्तर विद्युत् आपूर्ति हुने आशामा रहेका उद्योगी व्यवसायीको आशाविपरीत हाल दैनिक कैयौँ पटक भइरहेको ट्रिपिङका कारण निराश बढ्दै गएको बताउनुभयो । उहाँले सुक्खायाममा विद्युत्को अभाव र वर्षायाममा ट्रिपिङको मार खेप्नु परिरहेको भन्दै विद्युत् आपूर्तिको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई संवेदनशील हुन आग्रह गर्नुभयो ।

2