Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

श्रम बजारको माग अनुसार जनशक्ति तयार पार्न आग्रह

A A+ A-

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग अनुसारको जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय तथा संस्थाको छलफलमा मन्त्री भण्डारीले विश्व श्रम बजारको माग अनुसार सिप तथा क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभएको हो ।

देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने चुनौतीलाई समाधान गर्न सबै सरोकारवाला गम्भीरतापूर्वक काम गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “देशभित्र आन्तरिक रोजगारीका प्रचुर सम्भावना छन्, हामीले तालिम दिएर मात्रै होइन, व्यावहारिक र प्रविधिमा आधारित ज्ञान सिपको प्रवर्धन गर्नुपर्ने छ ।”

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले नेपालको श्रम बजारमा देखा परेको असिमेट्रिक मार्केट सिन्ड्रोम र म्युटेसन सिन्ड्रोमलाई तोड्न प्रभावकारी तवरले काम गर्न श्रम बजारको माग र श्रमिकको प्रक्षेपणमा मन्त्रालयको जोड रहेको प्रस्ट्याउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अहिले देशैभर स्थानीय तहले सिपमूलक तालिम दिने होडबाजी चलाएको भए पनि तालिम प्राप्त गर्ने व्यक्तिलाई श्रम बजारमा प्रवेश गराउन सहुलियतपूर्ण कर्जालगायतका प्रवर्धनकारी कामसमेत अघि बढाउनुपर्ने जानकारी दिनुभयो ।

2