Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

तीन करोड कम लागतको आयोजना कार्यान्वयन कागजमै सीमितः पूर्वअर्थमन्त्री महत

तीन करोड कम लागतको आयोजना कार्यान्वयन कागजमै सीमितः पूर्वअर्थमन्त्री महत
A A+ A-

काठमाडौँ- पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन करोडभन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने निर्णय कागजमै सीमित भएको बताउनु भएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अर्थमन्त्रीले तीन करोड भन्दा तलको आयोजना नगर्ने प्रतिबद्धता जनाए पनि उक्त सिद्धान्तमा अडिग रहन नसकेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारिता पनि गत वर्षहरूको जस्तै कम हुने चिन्ता व्यक्त गर्नुभयो । बजेट विभिन्न ठाउँमा छरिएर विनियोजन हुने र परिणाम ननिस्कने अवस्था यसपालि पनि कायम हुनु दुःखद भएको बताउनु भयो ।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएका डा. महतले तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने कार्यविधि बनाइए पनि उक्त कार्यविधिको कार्यान्वयन भएको बताउनुभयो । उहाँले उक्त कार्यान्वयन हुन नसक्दा धेरै ठुलो समस्या आउने जिकिर गर्नुभयो । उहाँले प्रदेशमा देखिएको अराजकताको कुरा गरेरै साध्य नभएको बताउँदै केन्द्र सरकार पनि त्यसबाट मुक्त हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो बजेट आउने क्रममा अबदेखि निश्चित आकारका कार्यक्रमहरू मात्रै केन्द्र सरकारले कार्यान्वयन गर्छ, तीन करोड भन्दा तलको आयोजना हामी कार्यान्वयन गर्दैनौँ भनेर अर्थमन्त्री ज्यूले भन्नुभएको थियो । मैले सैद्धान्तिक छलफलमा बोल्दै गर्दा त्यसलाई स्वागत पनि गरेको थिए । तर, अहिले समग्रमा बजेट पुस्तिका आइसक्दा त्यो सिद्धान्तमा अडिग भएको देखिएन । त्यसले गर्दा, फेरि पनि गत समयमा जस्तो बजेटको प्रभावकारिता कम हुने भयो । बजेट विभिन्न ठाउँमा छरिएर विनियोजन हुने, परिणाम ननिस्कने अवस्था यसपालि पनि कायम हुने भयो, त्यो चाहिँ चिन्ताको विषय हो ।

तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने कार्यविधि बनाएका थियौँ । यसमा धेरै बहस पनि गर्यौ । त्यहीँ किसिमको कार्यविधि पनि आयो, कार्यान्वयन भएन । यसपालि कार्यान्वयन हुन्छ भन्ने मलाई विश्वास थियो, त्यो कार्यान्वयन हुन नसक्दा धेरै ठुलो समस्या आएको जस्तो मलाई लागेको छ । प्रदेशमा कति अराजकता छ भन्ने कुराको कुरा गरेरै साध्य छैन । केन्द्र सरकार पनि त्यसबाट मुक्त हुन सकेन ।”

उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बढीमा तीन-चार सय आयोजनाहरू प्रस्तावित हुनुपर्नेमा तीन हजार बढी आयोजनाहरू प्रस्तावित गरिएको भन्दै यसले परिमाण निकाल्न नसक्ने जिकिर गर्नुभयो ।

2