काठमाडौं । पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ । महाशाखाले बिहीबार (असोज ८) बिहान ६:१५ बजे अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
त्यस्तै, कोसी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ ।
हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
