udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

टवलमा जीडब्लूएमको नयाँ शोरुम

टवलमा जीडब्लूएमको नयाँ शोरुम
A A+ A-

बुटवल । ग्रेट वाल मोटर (जीडब्लूएम) ले बुटवलको कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। भीजी इम्पेक्स प्रालिअन्तर्गत जीडब्लूएमको अधिकृत क्षेत्रीय साझेदार सहर्ष इन्टरप्राइजेजले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

शोरुम उद्घाटनसँगै कम्पनीले जीडब्लूएम ओरा ५ ईभी एसयूभी र हाभल जोलियन म्याक्स ईभी एसयूभी पनि बुटवल बजारमा सार्वजनिक गरेको छ।

नयाँ शोरुमबाट सवारीसाधन बिक्रीसँगै सर्भिस र स्पेयर पार्ट्सको सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ। बुटवल तथा लुम्बिनी प्रदेशमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएपछि ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले शोरुम विस्तार गरिएको कम्पनीको भनाइ छ।

जीडब्लूएम ओरा ५ मा एनईडीसीअनुसार ५२० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ। यसमा ५ स्टार एएनक्याप तथा युरो एनक्याप सुरक्षा रेटिङ, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २० भन्दा बढी लेभल २ एडास फिचर छन्। यसको मूल्य ४८ लाख ४९ हजार रुपैयाँबाट सुरु हुन्छ।

त्यस्तै, हाभल जोलियन म्याक्स ईभीमा ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ। डब्लूएलटीपीअनुसार यसले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। गाडीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४.६ इन्चको टचस्क्रिन र भीटुएल सुविधा उपलब्ध छ। यसको अफर मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

सहर्ष इन्टरप्राइजेजका अध्यक्ष केहर सिंह खड्काले बुटवल तथा लुम्बिनी प्रदेशका ग्राहकलाई सवारीसाधन बिक्रीसँगै भरपर्दो सर्भिस र स्पेयर पार्ट्स सुविधा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको बताए।

कम्पनीका बिक्री तथा सञ्चालन महाप्रबन्धक अधिर कुमार श्रेष्ठले ओरा ५ र हाभल जोलियन म्याक्स ईभीमार्फत बुटवल तथा आसपासका ग्राहकलाई आधुनिक विद्युतीय सवारीसाधनको विकल्प उपलब्ध गराइएको बताए।

दुवै मोडलका लागि बुकिङ तथा टेस्ट ड्राइभ खुला गरिएको कम्पनीले जनाएको छ। ग्राहकले कालिकानगरस्थित शोरुममा पुगेर सवारीसाधनबारे जानकारी लिनुका साथै टेस्ट ड्राइभ गर्न सक्नेछन्।

शोरुम आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action