udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

वर्षाले काठमाडौँको लाइफलाइन काट्दा दसैंको व्यापार मारमा

भोटेकोशी बाढीदेखि पृथ्वी राजमार्गको पुनः अवरोधसम्म, उत्तरी नाका र राजधानी जोड्ने सडकमा आएको संकटले दसैंको आपूर्ति, ढुवानी र व्यापार चक्रलाई दबाबमा पारेको छ।

वर्षाले काठमाडौँको लाइफलाइन काट्दा दसैंको व्यापार मारमा
वर्षाका कारण पृथ्वी राजमार्गमा रोकिएका सवारी। स्रोत: नेपाल फोटो लाइब्रेरी
A A+ A-

काठमाडौंको दसैं बजार वर्षकै ठूलो व्यापारिक सिजनमध्ये एक हो।

चाडपर्व नजिकिँदै जाँदा आयातकर्ता, थोक व्यापारी, खुद्रा व्यवसायी, सवारीसाधन विक्रेता र ढुवानी व्यवसायीले यही अवधिलाई कारोबार विस्तार गर्ने समयका रूपमा हेर्छन्।

दसैंका लागि महिनौंअघि सामान मगाइन्छ, भन्सार प्रक्रिया पूरा गरेर थोक बजार हुँदै देशभर पठाइन्छ र उपभोक्ताको बढ्दो मागले त्यसलाई बिक्रीमा रूपान्तरण गर्छ।

यही चक्रमा आएको अवरोधले यसपटकको दसैं व्यापारलाई सुरुदेखि नै दबाबमा पारेको छ।

अहिले असोज ९ गते हो। असोज २५ गते घटस्थापना र कार्तिक ४ गते विजयादशमी परेको छ। अर्थात् घटस्थापनासम्म १६ दिन र विजयादशमीसम्म २६ दिन बाँकी छ।

व्यापारको मुख्य सिजन सुरु हुनुअघि नै आपूर्ति मार्गमा समस्या आउँदा व्यापारीसँग सामान बजारमा पुर्‍याउने र बिक्री गर्ने समय झन् सीमित हुँदै गएको छ।

भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकामा ठूलो क्षति पुर्‍याएपछि चीनबाट नेपाल आउने सामानको नियमित मार्ग अवरुद्ध भयो। तातोपानी नाका पनि पहिरो र सडक अवरोधका कारण प्रभावित भयो।

दुवै नाकामा समस्या आएपछि आयातकर्ताले कोराला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थाले। त्यसले कोरालामा अस्वाभाविक चाप बढायो भने लामो दूरी, कमजोर सडक, कन्टेनर र चालकको अभाव तथा उच्च ढुवानी लागतले आयातको लागत नै बढाइदियो।

नाका समस्याकै बीच काठमाडौं जोड्ने पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा आएको पहिरोले १८ दिन सडक अवरुद्ध गर्‍यो।

असोज १ गतेदेखि नयाँ ट्र्याकमार्फत सडक सञ्चालनमा आएपछि दसैंअघि आपूर्ति सहज हुने अपेक्षा गरिएको थियो। तर सडक खुलेको केही दिनमै लगातारको वर्षाले फेरि पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडकमा अवरोध सिर्जना गरेपछि काठमाडौंको आपूर्ति प्रणालीमाथि अर्को दबाब थपिएको छ।

मौसम पूर्वानुमानअनुसार सेप्टेम्बर २५ देखि २७ सम्म भारी वर्षाको जोखिम कायम छ। जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा पनि २५ सेप्टेम्बरका लागि चेतावनी कायम रहेको छ।

यसको प्रभाव सडकमा रोकिएका सवारीसाधन र यात्रुसम्म मात्र सीमित छैन।

पसलको बिक्री घट्नु, दसैंका लागि ल्याइएको सामान गोदाममै थन्किनु, व्यापारीको कार्यशील पुँजी स्टकमै अड्किनु, ढुवानी लागत बढेर नाफाको मार्जिन खुम्चिनु तथा सवारीसाधनको बिक्री प्रभावित हुनुले समग्र व्यापारिक गतिविधिमा असर पार्न सक्छ।

नाकाबाट सडकसम्मको झट्का

भोटेकोशी बाढीपछि रसुवागढी नाका बन्द हुँदा चीनबाट आउने व्यापारिक सामानको ठूलो हिस्सा वैकल्पिक मार्ग खोज्नुपर्ने अवस्थामा पुग्यो।

रसुवागढी र तातोपानीबाट नियमित रूपमा आउने सामान कोरालातर्फ मोडिएपछि त्यहाँको भन्सार, क्वारेन्टाइन, सडक, चालक र कन्टेनर व्यवस्थापनमा एकैपटक ठूलो चाप परेको हो।

भदौ १० को बाढीपछि कोरालाबाट दैनिक करिब ५० कन्टेनर जाँचपास हुन थालेका थिए।

सामान्य अवस्थामा त्यहाँबाट दैनिक पाँचदेखि छ कन्टेनर मात्रै आउने गरेका थिए भने चाडपर्वमा आठदेखि १० कन्टेनरसम्मको जाँचपास हुने गरेको मुस्ताङ भन्सारका प्रमुख भन्सार अधिकृत विदुर चुडालले बताएका छन्।

अचानक बढेको चापमा रेडिमेड तथा फेन्सी सामान, सौन्दर्य सामग्री, स्याउ, लसुन र औद्योगिक कच्चा पदार्थसमेत कोराला हुँदै आउन थाले।

भदौ ११ देखि २५ गतेसम्म कोराला भन्सारले एक अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको भदौ १० सम्म त्यहाँ ५२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

यसरी नाका बन्द भएपछि वैकल्पिक मार्गमा कारोबारको चाप मात्र बढेन, त्यसैसँगै सरकारी राजस्व पनि तीव्र रूपमा बढ्यो।

गत आर्थिक वर्षमा कोराला नाकाबाट १४ अर्ब ४० करोड रुपैयाँ बराबरका सामान आयात भएका थिए भने २० करोड ५० लाख रुपैयाँ बराबरका सामान निर्यात भएका थिए।

यही नाकाबाट तीन हजार २२३ विद्युतीय सवारीसाधन र एक हजार ८७३ मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो।

भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालु आर्थिक वर्षका लागि नौ अर्ब रुपैयाँ राजस्वको लक्ष्य राखिएको थियो।

समस्या व्यापारको मात्रा मात्र होइन, त्यसलाई धान्ने पूर्वाधारको क्षमतामा पनि देखियो।

कोराला भन्सारमा सुरुमा १२ जना कर्मचारी रहेकामा थप ६ जना पठाइए पनि विद्युत् र इन्टरनेटको समस्या कायमै रहेको भन्सार प्रमुख चुडालले बताएका छन्।

उनका अनुसार व्यापारीले सामान दाखिला गर्नेदेखि भन्सारका अधिकांश काम कम्प्युटर प्रणालीबाट गर्नुपर्ने भएकाले विद्युत् र इन्टरनेटको अवरोधले कामको गति प्रभावित भएको छ।

यसले एउटा महत्वपूर्ण कमजोरी देखाएको छ। सामान्य अवस्थामा वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालन हुने संरचनामाथि अचानक दुईवटा प्रमुख नाकाको व्यापारिक चाप थपिँदा पूर्वाधारको वास्तविक क्षमता परीक्षण भयो।

कोरला विकल्प बन्यो, लागत १५ गुणा

व्यापारिक मार्ग परिवर्तन गर्दा आयातकर्ताको लागतमा ठूलो वृद्धि भएको छ।

रसुवागढी हुँदै काठमाडौं आउने कन्टेनरको ढुवानी खर्च सामान्य अवस्थामा करिब ५० हजार रुपैयाँ रहने गरेकोमा कोराला हुँदै ल्याउँदा सात लाख ५० हजार रुपैयाँसम्म पुगेको नेपाल ट्रक कन्टेनर व्यवसायी संघका उपाध्यक्ष प्रह्लाद थापाले बताएका छन्।

थापाका अनुसार केरुङबाट कोरालासम्म कन्टेनर लैजाँदा चालकलाई करिब एक लाख रुपैयाँ र कन्टेनरका लागि दुई लाख ५० हजार रुपैयाँ खर्च हुन्छ।

काठमाडौं-कोराला आवतजावतका लागि थप करिब चार लाख रुपैयाँ लाग्छ। यी सबै खर्च जोडिँदा रसुवागढी वा तातोपानीको तुलनामा ढुवानी लागत करिब १५ गुणासम्म बढेको हो।

काठमाडौं र कोरालाबीचको दूरी करिब ४१५ किलोमिटर छ र एकतर्फी यात्रा पूरा गर्न करिब दुई दिन लाग्छ।

कागबेनीदेखि कोरालासम्मको करिब १०० किलोमिटर सडक पूरै कच्ची रहेको तथा म्याग्दीका केही खण्ड पनि कच्ची र पहिरोको जोखिममा रहेको विवरण छ।

चीनतर्फ केरुङबाट कोरालासम्म डाइभर्ट गर्दा कन्टेनरले करिब ४५० किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ।

ढुवानी लागत बढ्नुमा सडक मात्र कारण छैन। बाढीमा करिब ३५० कन्टेनर बगेको र करिब १०० कन्टेनर नुवाकोटको कालिकामा रोकिएको थापाले बताएका छन्।

त्यसले कन्टेनर र चालकको अभाव बढाएको छ। कच्ची बाटो, मुस्ताङमा खाना तथा बसोबासको उच्च लागत र लामो यात्राका कारण एउटा कन्टेनरले महिनामा सीमित पटक मात्र सामान ओसार्न सक्ने अवस्थाले पनि लागत बढाएको उनको भनाइ छ।

यसको प्रत्यक्ष असर व्यापारीको लागतमा पर्छ। लागत आफैंले धान्दा नाफा घट्छ, वस्तुको मूल्यमा जोड्दा उपभोक्ताको खर्च बढ्छ। दसैंको मुख्य बिक्री अवधिमा यही दोहोरो दबाब व्यापारीका लागि थप चुनौती बनेको छ।

वर्षाका कारण पृथ्वी राजमार्गमा रोकिएका सवारी। स्रोत: नेपाल फोटो लाइब्रेरी

सामान भित्रियो, बजारमा पुग्ने समय घट्यो

भदौसम्मको समग्र आयात तथ्यांकले प्राकृतिक विपत्तिका कारण वैदेशिक व्यापारमा ठूलो गिरावट आइसकेको देखाउँदैन।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले चार खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। सोही अवधिमा वस्तु निर्यात ७६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.८६ प्रतिशत बढी हो।

रसुवागढी बन्द भएपछि चीनसँगको व्यापार कोरालातर्फ सरेको पनि तथ्यांकले देखाउँछ। पहिलो दुई महिनामै कोरालाबाट आठ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

साउनमा कोरालाबाट ५८ करोड रुपैयाँ बराबरको आयात भएकोमा रसुवागढीबाट साउनमा पाँच अर्ब ६७ करोड र भदौमा सात अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

आयातको आकार कायम रहनु र व्यापार सामान्य हुनु भने एउटै कुरा होइन। भन्सार पार गरेको सामान समयमै गोदाम र बजारमा पुग्न नसके त्यसको व्यावसायिक प्रभाव देखिन थाल्छ। दसैंजस्तो निश्चित अवधिमा हुने व्यापारमा केही दिनको ढिलाइले बिक्रीको समय नै छोट्याउन सक्छ।

नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य परशुराम दाहालका अनुसार भोटेकोशी बाढी र अहिलेको लगातार वर्षाले दसैंको व्यापारमा ठूलो असर पारेको छ।

उनका अनुसार रसुवागढी बन्द भएपछि व्यापारीले कोरालालाई विकल्प बनाए पनि राजमार्ग अवरुद्ध हुँदा सामान बजारसम्म पुर्‍याउन कठिन भएको छ।

दसैं र तिहारको व्यापार कतिपय चिनियाँ सामानका थोक व्यापारीका लागि वर्षभरको खर्च व्यवस्थापन गर्ने महत्वपूर्ण समय हो। यही अवधिमा बिक्री गर्ने उद्देश्यले मगाइएको सामान सडकमा अड्किए वा बजारमा पुग्ने समय घटेमा त्यसको असर तत्कालीन बिक्रीसँगै नगद प्रवाहमा पनि पर्न सक्छ।

काठमाडौंका असन, इन्द्रचोक र महाबौद्धलगायतका व्यापारिक क्षेत्रमा दसैंतिहारको कारोबार अपेक्षाअनुसार बढ्न नसकेको व्यवसायीहरूले बताएका छन्। महाबौद्ध क्षेत्रको थोक व्यापारमा अहिलेको सडक अवरोधको प्रत्यक्ष असर परेको व्यवसायीहरूको भनाइ छ।

न्युरोड क्षेत्रमा जुत्ता थोक व्यापार गर्ने चूडामणि पौडेलका अनुसार भोटेकोशी बाढीमा सामान क्षति भएपछि पुनः मगाइएका सामानसमेत कोराला हुँदै ल्याउनुपरेको र अहिले सडक अवरोधका कारण बजारमा पुर्‍याउन कठिन भएको छ।

उनको अनुभवले लागत मात्र होइन, बिक्रीका लागि उपलब्ध समयसमेत घटिरहेको देखाउँछ।

१८ दिनको अवरोधपछि फेरि सडक बन्द

काठमाडौंको व्यापारिक गतिविधिका लागि पृथ्वी राजमार्ग देशका विभिन्न भागबाट सामान, यात्रु र औद्योगिक सामग्री भित्र्याउने प्रमुख मार्ग हो।

कृष्णभीर क्षेत्रमा सडकको ठूलो भाग त्रिशूली नदीले कटान गरेपछि भदौ १४ गतेदेखि राजमार्ग अवरुद्ध भएको थियो। नयाँ ट्र्याक बनाएर असोज १ गतेदेखि सडक पुनः सञ्चालनमा आएको हो।

असोज १ गते सडक खुलेपछि रोकिएका मालवाहक सवारीसाधन चल्न थालेका थिए। दसैंअघि आपूर्ति प्रणाली क्रमशः सामान्य हुने अपेक्षा गरिए पनि त्यसको केही दिनमै लगातार वर्षाले फेरि समस्या ल्याएको छ।

अहिले पृथ्वी राजमार्गका धादिङतर्फका विभिन्न स्थानमा पहिरो र सडक अवरोध भएको छ भने नारायणगढ मुग्लिन सडकसमेत बन्द भएको छ। भारी वर्षाको सम्भावना सेप्टेम्बर २५ देखि २७ सम्म कायम रहेकाले सडकमा थप अवरोधको जोखिम पनि छ।

पृथ्वी राजमार्गमा दैनिक १४ हजारभन्दा बढी र नारायणगढ मुग्लिन सडकमा १० हजारभन्दा बढी सवारीसाधन आवागमन गर्ने गरेको विवरण छ। यी दुवै मार्गमा अवरोध आउँदा यात्रु मात्र होइन, काठमाडौं प्रवेश गर्ने र बाहिरिने मालवाहक सवारीको ठूलो हिस्सा प्रभावित हुन्छ।

लामो दूरीका ट्रक र कन्टेनर रोकिँदा ढुवानी समय बढ्छ, चालक तथा सवारीसाधनको अतिरिक्त खर्च थपिन्छ र बजारमा सामान पुग्ने समय छोटिन्छ।

दसैंको बिक्री अवधि सीमित भएकाले सडक अवरोधको आर्थिक लागत सवारीसाधन रोकिने प्रत्यक्ष क्षतिभन्दा धेरै ठूलो हुन सक्छ।

स्टक बढ्यो, बिक्रीको समय घट्यो

दसैंका लागि व्यापारीले महिनौंअघि नै कपडा, जुत्ता, विद्युतीय सामग्री, घरायसी उपकरण, सवारीसाधन तथा अन्य उपभोग्य वस्तुको स्टक व्यवस्थापन गरेका हुन्छन्।

माग बढ्ने अनुमानमा गरिएको यस्तो लगानी बजारमा समयमै बिक्री हुन नसकेपछि व्यापारीको नगद प्रवाहमा दबाब पर्छ।

दसैंको किनमेलका लागि काठमाडौँको असन र इन्द्रचोक क्षेत्रमा देखिएको भीड।

गोदाममा सामान रहँदा त्यसमा लगानी भएको रकम परिचालन हुन पाउँदैन।

बैंक तथा वित्तीय संस्थाबाट लिएको चालु पुँजी कर्जाको ब्याज भने नियमित रूपमा तिर्नुपर्छ। त्यसैले सडक अवरोध लम्बिँदा व्यापारीका लागि समस्या सामान नआउनु मात्र होइन, आइसकेको सामान समयमै बिक्री गर्न नसक्नु पनि हो।

चाडपर्व लक्षित कपडा, जुत्ता, सौन्दर्य सामग्री तथा विद्युतीय वस्तुको माग निश्चित समयसँग जोडिएको हुन्छ।

दसैंको मुख्य खरिद अवधि सकिएपछि त्यही सामान पुरानै मूल्य र गतिमा बिक्री नहुन सक्छ। त्यस अवस्थामा व्यापारीले छुट दिएर स्टक घटाउनुपर्ने वा थप समयसम्म पूँजी बाँधेर राख्नुपर्ने अवस्था आउन सक्छ।

यसको असर आगामी व्यापारिक चक्रमा पनि पर्न सक्छ। दसैंको बिक्रीबाट फिर्ता आउने रकमबाट व्यापारीले तिहार र त्यसपछिको व्यापारका लागि नयाँ सामान खरिद गर्छन्।

स्टक बिक्रीमा ढिलाइ भयो भने त्यसपछिको खरिद क्षमता पनि प्रभावित हुन सक्छ।

सवारीदेखि ग्याससम्म दबाब

दसैंको समयमा सवारीसाधनको माग पनि बढ्ने गर्छ। व्यक्तिगत सवारीसाधनदेखि सार्वजनिक यातायातका ठूला सवारीसम्मको बिक्रीले यस अवधिमा गति लिने गरेकोमा यसपटक सवारी दर्ता प्रक्रिया करिब चार महिनासम्म प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।

दर्ता खुलेको केही समयमै सडक अवरोध र वर्षाको समस्या थपिँदा यातायात तथा सवारीसाधन व्यवसायमा अर्को चुनौती आएको छ।

नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य परशुराम दाहालका अनुसार दसैंका लागि सामान्यतया करिब तीन सय ठूला नयाँ सवारीसाधन थपिने गर्थे।

यसपटक दर्ता प्रक्रिया लामो समय रोकिँदा सवारी विक्रेताको कारोबारमा असर परेको र अहिले सडक अवरोधले सार्वजनिक यातायात व्यवसायमा थप दबाब पारेको उनको भनाइ छ।

पेट्रोलियम आपूर्तिमा भने तत्कालका लागि केही राहत देखिएको छ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार भारी वर्षाको पूर्वानुमान पहिले नै भएकाले थानकोट डिपोमा करिब १५ दिन पुग्ने पेट्रोलियम पदार्थको मौज्दात राखिएको छ।

उनका अनुसार पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने भएकाले तत्काल ठूलो अभावको अवस्था छैन।

साहका अनुसार हवाई इन्धन पनि तीन साताभन्दा बढी पुग्ने मौज्दात रहेको छ।

खाना पकाउने ग्यासमा भने पाइपलाइन नभएकाले जोखिम फरक छ। भारतीय आयल निगमलाई पारादीपको सट्टा बरौनीबाट थप ग्यास उपलब्ध गराउन आग्रह गरिएको छ।

भारततर्फ करिब एक सय बुलेट ग्यास भन्सारनजिक रहेको र नेपालमा करिब डेढ लाख सिलिन्डर आइसकेको उनले बताएका छन्।

ग्यास उद्योग संघका पूर्वअध्यक्ष गोकुल भण्डारीले पनि तत्काल उपभोक्ता आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। उनका अनुसार एक दुई दिनको सडक अवरोधले ठूलो समस्या नहोस् भनेर आयल निगम र ग्यास उद्योगबीच समन्वय भइरहेको छ।

उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगरे आपूर्ति व्यवस्थापन सहज राख्न सकिने उनको भनाइ छ।

खाद्यान्न व्यवसायीहरूले पनि अत्यावश्यक खाद्यान्नको मौज्दात पर्याप्त रहेको बताएका छन्। यसअघि कृष्णभीरको सडक अवरोधकै समयमा करिब तीन महिनालाई पुग्ने खाद्यान्न स्टक रहेको व्यवसायीहरूले जानकारी दिएका थिए।

अहिले तत्काल खाद्यान्नभन्दा दसैं लक्षित लत्ताकपडा, जुत्ता र अन्य गैरखाद्य सामानको आपूर्ति बढी प्रभावित भएको छ।

लाइफलाइनको संकटले देखाएको जोखिम

भोटेकोशी बाढी, रसुवागढी र तातोपानी नाकाको अवरोध, कोरालामाथि परेको अतिरिक्त चाप र पृथ्वी राजमार्गको पटकपटकको बन्दले नेपालको आपूर्ति प्रणालीको संरचनागत जोखिमलाई सतहमा ल्याएको छ।

एउटा प्रमुख नाका बन्द हुँदा अर्को नाकामाथि निर्भर हुनुपर्ने र मुख्य राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गले त्यसको भार थेग्न नसक्ने अवस्था संकटका बेला स्पष्ट देखिएको छ। कोरालाको अनुभव यसको प्रत्यक्ष उदाहरण हो।

सामान्य अवस्थामा पाँचदेखि छ कन्टेनर आउने नाकामा दैनिक करिब ५० कन्टेनर पुग्दा भन्सार, विद्युत्, इन्टरनेट, क्वारेन्टाइन र ढुवानी प्रणालीमा एकैपटक चाप थपियो।

व्यापारको वास्तविक असर पनि भन्सारको आयात तथ्यांकले मात्र मापन गर्न सकिँदैन।

सामान नेपाल भित्रिएपछि त्यो समयमै बजारमा पुग्यो कि पुगेन, व्यापारीको लगानी कति समय स्टकमै अड्कियो, ढुवानी लागत कति बढ्यो र बिक्रीको अवसर कति गुम्यो भन्ने पक्षले वास्तविक आर्थिक प्रभाव निर्धारण गर्छ।

अहिलेको अवस्थामा आयातको कुल आकार ठूलो देखिए पनि व्यापारिक लागत र समयको गणित बदलिएको छ। कोराला हुँदै सामान ल्याउँदा प्रतिकन्टेनर सात लाख ५० हजार रुपैयाँसम्म पुगेको ढुवानी खर्चले यही परिवर्तन देखाउँछ।

दसैंको व्यापारमा समय आफैंमा एउटा आर्थिक स्रोत हो। बिक्रीको अवधि छोटिँदै जाँदा व्यापारीसँग स्टक व्यवस्थापन, मूल्य निर्धारण र नगद प्रवाह समायोजन गर्ने विकल्प पनि सीमित हुँदै जान्छ।

सडक कहिले खुल्छ भन्ने विषय त्यसैले यात्रुका लागि आवागमन सहज हुने प्रश्न मात्र होइन, व्यापारीको कारोबार र बजारको आपूर्ति प्रणालीसँग जोडिएको आर्थिक विषय हो।

यसपटकको दसैं व्यापारमा अहिले नै अन्तिम क्षतिको रकम तोक्न सकिँदैन। त्यसका लागि दसैंको वास्तविक कारोबार, आयातित सामानको बिक्री, गोदाममा बाँकी स्टक, ढुवानी लागत र व्यापारिक नगद प्रवाहको तथ्यांक आउनुपर्नेछ।

प्रारम्भिक अवस्था भने यति छ कि व्यापारिक मार्ग अवरुद्ध हुँदा लागत बढेको छ, वैकल्पिक मार्गमा निर्भरता बढेको छ र बजारसम्म सामान पुर्‍याउने समय घटेको छ।

काठमाडौं नेपालको ठूलो थोक तथा खुद्रा बजार भएकाले यहाँको आपूर्ति प्रणालीमा आएको समस्या बाहिरी जिल्लाको बजारसम्म फैलिन सक्छ। काठमाडौंमा सामान रोकिँदा बाहिरी जिल्लामा स्टक पुग्दैन।

बाहिरी जिल्लाबाट व्यापारी र उपभोक्ता काठमाडौं आउन नसक्दा यहाँको खुद्रा कारोबार प्रभावित हुन्छ। यही अन्तरसम्बन्धले सडकलाई केवल यातायात पूर्वाधार नभई व्यापारिक पूर्वाधार बनाउँछ।

भोटेकोशी बाढीले सुरु गरेको आपूर्ति संकटले कोरालालाई वैकल्पिक बाटो बनायो, तर लागत १५ गुणासम्म बढायो। पृथ्वी राजमार्ग १८ दिन बन्द भएर असोज १ गते खुलेको केही दिनमै फेरि वर्षाले अवरोध सिर्जना गर्‍यो।

अहिले भारी वर्षाको जोखिम कायम रहेकाले सडक र आपूर्ति व्यवस्थामाथिको दबाब तत्काल हट्ने अवस्था निश्चित छैन।

दसैंको बजारमा चुनौती सामान नेपाल भित्र्याउने मात्र छैन, भित्रिसकेको सामानलाई समयमै बजारसम्म पुर्‍याएर बिक्रीमा रूपान्तरण गर्ने बनेको छ।

नाका, सडक र ढुवानी प्रणालीमध्ये कुनै एउटा कडी कमजोर हुँदा त्यसको असर व्यापारीदेखि उपभोक्तासम्म पुग्छ।

यसपटकको दसैंमा बाँकी रहेको समय, मौसमको अवस्था र सडक सञ्चालनको निरन्तरताले व्यापारको वास्तविक गति निर्धारण गर्नेछ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action