Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

खुम्बुमा भारी हिमपात, पर्यटक रोकिए

खुम्बुमा भारी हिमपात, पर्यटक रोकिए
A A+ A-

काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पर्यटक तथा पदयात्रीको आवागमन प्रभावित भएको छ । निरन्तर वर्षापछि खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात सुरु हुँदा कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको प्रशासनले जनाएको छ ।

प्रतिकूल मौसमका कारण उच्च जोखिम भएका क्षेत्रमा पर्यटक तथा पदयात्रीलाई थप अघि बढ्न रोक लगाइएको छ । पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र सुरक्षा निकायसँग समन्वय गरी उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको प्रशासनले जनाएको छ ।

भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छेमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ । प्रशासनका अनुसार चिनियाँ मूलका ती पर्यटक युरोपेली नागरिक रहेको जानकारी प्राप्त भएको छ ।

माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो । लगातारको हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पैदल आवागमन जोखिमपूर्ण बनेपछि पर्यटकको उद्धारलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ ।

समुद्री सतहबाट करिब ६ हजार १६५ मिटर उचाइमा रहेको इम्जा छे सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो । स्थानीय रूपमा इम्जा छे नामले चिनिने यो क्षेत्र खुम्बुको उच्च हिमाली भूभागमा पर्छ । दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङतर्फ जाने पदमार्ग सगरमाथा आधार शिविर क्षेत्रको प्रमुख पदयात्रा मार्गसँग जोडिन्छ ।

प्रतिकूल मौसमका कारण उच्च क्षेत्रमा थप पर्यटक तथा पदयात्री जान नदिन स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गरिएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेका छन् ।

उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ । मौसममा सुधार नआएसम्म उच्च जोखिम भएका क्षेत्रमा आवागमन नगर्न र सुरक्षित स्थानमै रहन पर्यटक तथा पदयात्रीलाई आग्रह गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमलाई ध्यानमा राख्दै गाउँपालिकाले पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन सूचना जारी गरेको छ । उच्च क्षेत्रमा निरन्तर हिमपात भइरहेकाले जोखिम बढ्न सक्ने भन्दै सुरक्षित यात्रा र स्थानीय प्रशासनको सूचनाको पालना गर्न आग्रह गरिएको उनले बताए ।

गाउँपालिकाका अनुसार थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको माथिल्लो भूभाग हिमनदी, हिमाल तथा गहिरा उपत्यकासहितको उच्च जोखिमयुक्त हिमाली क्षेत्रमा पर्छ । इम्जा खोला प्रणालीसमेत यस क्षेत्रको महत्वपूर्ण जलाधार हो ।

हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण गतिविधि प्रभावित भएपछि स्थानीय प्रशासनले मौसमको अवस्था हेरेर थप निर्णय गर्ने जनाएको छ । उच्च क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको अवस्थाबारे निगरानी बढाइएको छ ।

2