udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

खुम्बुमा भारी हिमपात, पर्यटक रोकिए

खुम्बुमा भारी हिमपात, पर्यटक रोकिए
A A+ A-

काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पर्यटक तथा पदयात्रीको आवागमन प्रभावित भएको छ । निरन्तर वर्षापछि खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात सुरु हुँदा कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको प्रशासनले जनाएको छ ।

प्रतिकूल मौसमका कारण उच्च जोखिम भएका क्षेत्रमा पर्यटक तथा पदयात्रीलाई थप अघि बढ्न रोक लगाइएको छ । पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र सुरक्षा निकायसँग समन्वय गरी उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको प्रशासनले जनाएको छ ।

भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छेमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ । प्रशासनका अनुसार चिनियाँ मूलका ती पर्यटक युरोपेली नागरिक रहेको जानकारी प्राप्त भएको छ ।

माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो । लगातारको हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पैदल आवागमन जोखिमपूर्ण बनेपछि पर्यटकको उद्धारलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ ।

समुद्री सतहबाट करिब ६ हजार १६५ मिटर उचाइमा रहेको इम्जा छे सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो । स्थानीय रूपमा इम्जा छे नामले चिनिने यो क्षेत्र खुम्बुको उच्च हिमाली भूभागमा पर्छ । दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङतर्फ जाने पदमार्ग सगरमाथा आधार शिविर क्षेत्रको प्रमुख पदयात्रा मार्गसँग जोडिन्छ ।

प्रतिकूल मौसमका कारण उच्च क्षेत्रमा थप पर्यटक तथा पदयात्री जान नदिन स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गरिएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेका छन् ।

उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ । मौसममा सुधार नआएसम्म उच्च जोखिम भएका क्षेत्रमा आवागमन नगर्न र सुरक्षित स्थानमै रहन पर्यटक तथा पदयात्रीलाई आग्रह गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमलाई ध्यानमा राख्दै गाउँपालिकाले पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन सूचना जारी गरेको छ । उच्च क्षेत्रमा निरन्तर हिमपात भइरहेकाले जोखिम बढ्न सक्ने भन्दै सुरक्षित यात्रा र स्थानीय प्रशासनको सूचनाको पालना गर्न आग्रह गरिएको उनले बताए ।

गाउँपालिकाका अनुसार थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको माथिल्लो भूभाग हिमनदी, हिमाल तथा गहिरा उपत्यकासहितको उच्च जोखिमयुक्त हिमाली क्षेत्रमा पर्छ । इम्जा खोला प्रणालीसमेत यस क्षेत्रको महत्वपूर्ण जलाधार हो ।

हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण गतिविधि प्रभावित भएपछि स्थानीय प्रशासनले मौसमको अवस्था हेरेर थप निर्णय गर्ने जनाएको छ । उच्च क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको अवस्थाबारे निगरानी बढाइएको छ ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action