udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

२५ जिल्लामा दुई दिन यातायात बन्द

२५ जिल्लामा दुई दिन यातायात बन्द
A A+ A-

काठमाडौं । लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सरकारले मध्य तथा पश्चिम नेपालका २५ जिल्लामा दुई दिन सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

मनसुन प्रतिकार्य कमान्ड पोस्टको शुक्रबार बसेको बैठकले धेरै वर्षा भएका तथा आगामी दिनमा समेत भारी वर्षा हुन सक्ने आकलन गरिएका २५ जिल्लालाई रेडअलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टलाई परिपत्र गरेको छ ।

केन्द्रमा गृह मन्त्रालय र विपद् प्राधिकरणसहितका सम्बन्धित निकाय सहभागी मनसुन प्रतिकार्य कमान्ड पोस्ट रहेको छ । जिल्लामा भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्ट गठन गरिएको छ ।

रेडअलर्टमा राखिएका जिल्लामा शुक्रबार र शनिबार सवारी आवागमन बन्द गरिएको छ । तराईतर्फ रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई रेडअलर्टमा राखिएको छ ।

त्यस्तै, पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, दाङ र सुर्खेतमा पनि सवारी आवागमन रोकिएको छ । उच्च पहाडी तथा हिमाली जिल्लातर्फ गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा र दार्चुलामा समेत यातायात बन्द गरिएको छ ।

पहेँलो अलर्टमा रहेका जिल्लामा भने रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउन निर्देशन दिइएको छ । दिउँसोको समयमा भने स्थानीय अवस्थाको मूल्यांकन गरेर आवश्यक निर्णय लिन जिल्ला कमान्ड पोस्टलाई भनिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद् प्रकाश पोख्रेलका अनुसार निरन्तर वर्षा भइरहेको र शनिबार पनि ठूलो पानी पर्ने सम्भावना रहेका जिल्लामा बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राखेर सवारी आवागमन रोक्ने निर्णय गरिएको हो ।

लगातारको वर्षाका कारण सडक तथा राजमार्गमा पहिरो खस्ने, सडक अवरुद्ध हुने र नदी तथा खोलामा पानीको बहाव बढ्ने जोखिम रहेको भन्दै जोखिमयुक्त क्षेत्रमा यातायात सञ्चालन रोकिएको हो ।

नेपाल मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा शनिबार र आइतबार पनि भारी वर्षाको सम्भावना छ । वर्षा अझै जारी रहने पूर्वानुमानसँगै बाढीपहिरोको जोखिम भएका क्षेत्रमा सतर्कता बढाइएको छ ।

प्रशासनले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न, स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचना पालना गर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action