Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला
A A+ A-

काठमाडौँ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ।

नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार शनिबार दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ।

बाढीले देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ। केन्द्रका अनुसार देवघाटमा पानीको सतह निरन्तर बढ्दो क्रममा रहेको छ। नदीमा ७ दशमलव ३ मिटर पानीको सतह पुग्दा चेतावनीको तह मानिन्छ।

नदीले शुक्रबार राति नै चेतावनीको तह पार गरेको केन्द्रले जनाएको छ। नदीमा पानीको बहाब बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए।

‘बाढीको जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्ने, नदी किनारमा नजान माइकिङ गर्नेलगायत कामहरू भइरहेका छन्,’ उनले भने, ‘जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका नारायणी नदीको बाढीको जोखिममा रहेका पालिका हुन्।’

त्यस्तै, बौदिकाली र बुलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढी तथा पहिराको जोखिममा रहेका भन्दै प्रजिअ उपाध्यायले प्रभावितलाई सुरक्षित स्थानमा राख्ने काम भएको बताए।

बाढी र पहिराबाट प्रभावितको उद्धार तथा राहतका लागि जिल्लाका सुरक्षा नियकायलाई ‘हाई अलर्ट’मा राखिएको उपाध्यायले जानकारी दिए।

‘हामीले जिल्लामा विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका सबै प्रयास गरेका छौँ,’ उनले भने, ‘विपद् आइहालेमा उद्धार र राहतका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेका छौँ।’

नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको छ। नारायणी नदीमा पानीको बहाव चेतवानीको तह पार गरेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको हो।

इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालले गण्डक ब्यारेज वाल्मीकि नगरलाई उदृत गर्दै दिएको जानकारीअनुसार हाल ब्यारेजमा पानीको सतह तीन लाख ४०० क्युसेक पुगेको छ।

ब्यारेजमा पानीको सतह तीन लाख क्युसेक पुगेपछि चेतावनीको तह मानिने पालले बताए। नारायणी नदीमा पानीको बहाब बढेपछि शुक्रबार रातिदेखि नै गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको पालले जानकारी दिए।

नदीमा बाढी आएसँगै नदीबाट निकालिएको नेपाल र भारततर्फको दुवै नहरमा पानी पूर्णरूपमा बन्द गरिएको पालको भनाइ छ।

ब्यारेजमा पानीको सहत बढ्दै गरेको उल्लेख गर्दै पालले ब्यारेजको माथिल्लो पानीको सतह ३५९.२ फिट तथा तल्लो पानीको सतह ३५७.६ फिट पुगेको जानकारी दिए।

ब्यारेजमा पानीको बहाब बढ्न थालेपछि सुस्ताको जमिन डुबानमा परेको भन्दै पालले बाढी प्रभावितलाई सुरक्षित स्थानमा लैजाने काम गरिएको जानकारी दिए।

2