काठमाडौँ। भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुनका लागि पत्राचार गरेको छ ।
भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीबीच केही समय अघि उत्पन्न भएको विवादका सम्बन्धमा आवश्यक बुझ्नका लागि विभागमा बोलाइएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेको निजी सचिवालयले जनाएको छ ।
